Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

महायज्ञकाे तेस्राे दिनः २५ लाख ३० हजार रूपैयाँ दान संकलन

खबरडबली संवाददाता

धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे  दान संकलन भएकाे छ । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश स्तरीय भवन धनगढीमा निर्माण गर्ने उद्देश्यले आयाेजना गरेकाे महायज्ञमा मनकारी दाताहरूले दान गर्ने क्रम जारी रहेकाे छ । शुक्रबार महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्ने दाताहरूकाे उल्लेखनीय सहभागिता रहेकाे आयाेजक समितिले जनाएकाे छ । 

कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाले धनगढी शाखाकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्ने भएकाे छ । त्यस्तै नगरपालिकाले यसै आर्थिक वर्षभित्र आश्रमकाे सेवा सहजताकाे लागि १ लाख रूपैयाँ दिने घाेषणा गरेकाे छ । नगरपालिकाकाे तर्फबाट नगरप्रमुख रणबहादुर मल्ल  र  नगर उप-प्रमुख कल्पना जाेशी पन्तले ७ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएकाे हाे ।  

धनगढी उपमहानगरपालिका-४ निवासी समाजसेवी/व्यवसायी तथा महायज्ञ मूल आयाेजक समितिका संयाेजक मदन कुँवरका विदेशमा बस्ने छाेराछाेरीले स्वर्गीय हजुरबुवाकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे छ भने त्यस्तै धनगढी उपमहानगरपालिका-३ निवासी कल्पना थापाले पनि स्वर्गीय आमा ज्ञानु अधिकारीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे हाे ।

महायज्ञमा टीकापुर नगरपालिका- ६ कैलाली निवासी माेहनबहादुर शाहले आश्रमकाे अक्षयकाेष सहयोगार्थ १ लाख २५ हजार रूपैयाँ र भवन निर्माणका निम्ति ११ हजार १ सय ११ रूपैयाँ याेगदान  गरेका छन् । धनगढी उपमहानगरपालिका- १ निवासी सनराइज बाेर्डिङ स्कूलकाे संरक्षक प्रिजा सापकाेटाले भवन निर्माण सेवाका लागि महायज्ञमा १ लाख ११ हजार रूपैयाँ दान  गरेका हुन्  । धनगढी निवासी  गजेन्द्रवीर चन्दले ५१ हजार रूपैयाँ, वीरबहादुर जेठाराले १० हजार ५ सय ५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले  ५१ हजार १ सय ११ रूपैयाँ दान  गरेका हुन्  । धनगढी उपमहानगरपालिका-१, कैलालीस्थित नेपाल टेलिकम दूरसञ्चार कर्मचारी परिवारद्वारा भवन निर्माण सहयोगार्थको लागि सुखबहादुर मल्लसहितकाे टीमले १६ हजार १ सय ४० रूपैयाँ दान गरेका हुन् । 

त्यस्तै  महायज्ञमा भवन निर्माण सेवाका लागि  धनगढी निवासी सरस्वती धामी जाेशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-३ निवासी भीमदत्त पनेरूले ५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-५ निवासी उषा जाेशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-२ निवासी टेकबहादुर रावतले ५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-२ निवासी कुलबहादुर हमालले १५ हजार ५ सय ५५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ, श्यामलाल जाेशीले ५ हजार ५ सय ५ रूपैयाँ, ध्रुवराज जाेशीले  ५ हजार १ सय रूपैयाँ, पुनित गुप्ताले  ५ हजार १ सय १० रूपैयाँ, अर्जुनप्रसाद भट्टले ११ हजार १ रूपैयाँ, धनगढीस्थित देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ८ हजार रूपैयाँ याेगदान गरेकाे छ । 

महायज्ञमा भाेलि वरिष्ठ पत्रकार राजेन्द्र बानियाँकाे समेत प्रस्तुति रहने आश्रमले जनाएकाे छ ।  माघ २३  गतेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिकोटको सदरमुकाम देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार

काठमाडाैं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधि...

अमेरिकामा गोली चल्याे, तीन मृत्यु हुँदा १५ घाइते

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अंकको गिरावट

काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख  ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको २७ विधामा मनोनयन सार्वजनिक

काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव: एनएमटीसीको रजत जयन्ती समारोह

काठमाडौं  । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...

नवजीवन सहकारीले ल्यायो आफ्नै ब्राण्डमा चामल

धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...

प्रेस चौतारीको १० औं महाधिवेशन सुरु, किन गएनन् उद्घाटनमा एमाले अध्यक्ष ओली ?

विराटनगर  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...

प्रधानमन्त्रीको मौनतामा मन्त्रीहरूको मनपरीः भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...

माइतीबाट फर्किएकी श्रीमतीले त्यही रात श्रीमानको जिब्रो टोकेर दुई टुक्रा पारिदिएपछि...

काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy