Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

वरिष्ठ पत्रकार दाहाल सम्मानित

खबरडबली संवाददाता

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले पूर्व मन्त्री समेत रहेका वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन गरेको छ । समाजको तर्फबाट वरिष्ठ पत्रकारद्वय राजेन्द्र दाहाल र ध्रुवहरि अधिकारीले अभिनन्दन पत्रकासाथ दोसल्ला ओढाएर सम्मान गरे । नेपाली पत्रकारिता जगतमा विशिष्ट योगदान गर्नुभएका दाहाललाई मैतीदेवीस्थित निवासमा एक कार्यक्रमकाबीच समाजले अभिनन्दन गरेको ओखलढुंगा पत्रकार समाजका महासचिव जीवन शर्माले जानकारी दिए ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मनुभएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन । विसं २०५६ मा ओखलढुङ्गा क्षेत्र नं १ बाट नेपाली कांग्रेसको तर्फबाट सांसद पदमा निर्वाचित दाहाल २०६१ मा कृषि तथा सहकारीमन्त्री भएका थिए । दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ लागेर पत्रकारितामा खरो उत्रने सामथ्र्य राखेको सहभागी बरिष्ठ पत्रकारहरुले चर्चा गरेका छन । वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उहाँले पु–याउनुभएको योगदानको प्रसंसा गरे ।

‘जतिबेला पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उहाँले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन’, दाहालले भने, ‘उहाँले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।’ सम्ममानित बरिष्ठ पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा ओखलढुंगा पत्रकार समाजप्रति आभार प्रकट गरे । उमेरका हिसावले पनि इतिहासका घटनाक्रमलाई विर्सदै गएका दाहालले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् ।

उनले पहिला र अहिलेको पत्रकारिताको विन्नताका बारेमा समेत सचेत गराए । गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालिसक्नुभएका दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पु–याउएको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताए । लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा निरन्तर लागि रहेका दाहाल ओखलढुंगासँगै सिंगो प्रेस जगतका लागि एउटा प्रेरणाको श्रोत भएको अधिकारीको भनाई छ ।


ओखलढुङ्गा पत्रकार समाजका तर्फबाट पत्रकारहरु जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइराला, विनोद दाहाल, बद्रीकाजी गुरुङ, सलोजा दाहाल, कुम्भराज राईलगायतको उपस्थिति रहेको थियो । ओखलढुंगा समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुङ्गामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरुलाई सङ्गठित गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले पहिलो पटक विशिष्ट व्यक्तित्व होमनाथ दाहाललाई अभिनन्दन गरेर समाजका गतिविधिलाई अघि बढाउन थालिएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending