Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

वरिष्ठ पत्रकार दाहाल सम्मानित

खबरडबली संवाददाता

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले पूर्व मन्त्री समेत रहेका वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन गरेको छ । समाजको तर्फबाट वरिष्ठ पत्रकारद्वय राजेन्द्र दाहाल र ध्रुवहरि अधिकारीले अभिनन्दन पत्रकासाथ दोसल्ला ओढाएर सम्मान गरे । नेपाली पत्रकारिता जगतमा विशिष्ट योगदान गर्नुभएका दाहाललाई मैतीदेवीस्थित निवासमा एक कार्यक्रमकाबीच समाजले अभिनन्दन गरेको ओखलढुंगा पत्रकार समाजका महासचिव जीवन शर्माले जानकारी दिए ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मनुभएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन । विसं २०५६ मा ओखलढुङ्गा क्षेत्र नं १ बाट नेपाली कांग्रेसको तर्फबाट सांसद पदमा निर्वाचित दाहाल २०६१ मा कृषि तथा सहकारीमन्त्री भएका थिए । दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ लागेर पत्रकारितामा खरो उत्रने सामथ्र्य राखेको सहभागी बरिष्ठ पत्रकारहरुले चर्चा गरेका छन । वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उहाँले पु–याउनुभएको योगदानको प्रसंसा गरे ।

‘जतिबेला पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उहाँले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन’, दाहालले भने, ‘उहाँले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।’ सम्ममानित बरिष्ठ पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा ओखलढुंगा पत्रकार समाजप्रति आभार प्रकट गरे । उमेरका हिसावले पनि इतिहासका घटनाक्रमलाई विर्सदै गएका दाहालले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् ।

उनले पहिला र अहिलेको पत्रकारिताको विन्नताका बारेमा समेत सचेत गराए । गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालिसक्नुभएका दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पु–याउएको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताए । लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा निरन्तर लागि रहेका दाहाल ओखलढुंगासँगै सिंगो प्रेस जगतका लागि एउटा प्रेरणाको श्रोत भएको अधिकारीको भनाई छ ।


ओखलढुङ्गा पत्रकार समाजका तर्फबाट पत्रकारहरु जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइराला, विनोद दाहाल, बद्रीकाजी गुरुङ, सलोजा दाहाल, कुम्भराज राईलगायतको उपस्थिति रहेको थियो । ओखलढुंगा समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुङ्गामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरुलाई सङ्गठित गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले पहिलो पटक विशिष्ट व्यक्तित्व होमनाथ दाहाललाई अभिनन्दन गरेर समाजका गतिविधिलाई अघि बढाउन थालिएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिकोटको सदरमुकाम देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार

काठमाडाैं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधि...

अमेरिकामा गोली चल्याे, तीन मृत्यु हुँदा १५ घाइते

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अंकको गिरावट

काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख  ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको २७ विधामा मनोनयन सार्वजनिक

काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव: एनएमटीसीको रजत जयन्ती समारोह

काठमाडौं  । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...

नवजीवन सहकारीले ल्यायो आफ्नै ब्राण्डमा चामल

धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...

प्रेस चौतारीको १० औं महाधिवेशन सुरु, किन गएनन् उद्घाटनमा एमाले अध्यक्ष ओली ?

विराटनगर  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...

प्रधानमन्त्रीको मौनतामा मन्त्रीहरूको मनपरीः भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...

माइतीबाट फर्किएकी श्रीमतीले त्यही रात श्रीमानको जिब्रो टोकेर दुई टुक्रा पारिदिएपछि...

काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy