काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा गुटबन्दी बढ्दै गएको स्वीकारेका छन् । पार्टीको पाल्पास्थित तानसेन नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीमा विधि, पद्धति सामूहिकताको निर्णय अन्त्य हुँदै गएको बताए ।
उनले भने, ‘व्यक्तिवाद बढ्दै गइरहेको छ । पार्टी अध्यक्षदेखि सबै नेता कार्यकर्ताले मान्ने विधि र पद्धति एउटै हुनुपर्यो । विधान लागू गर्नेपर्छ । सामूहिकतामा काम गर्नुपर्छ । व्यक्तिले भनेर हुँदैन कमिटीले काम गर्नुपर्छ । व्यक्तिवाद र गुटवाद धेरै झाँगिएका छन् । पार्टीभित्र अन्तरसंघर्ष हुनसक्छ । वैचारिक संघर्षले पार्टीले फाइदा नै गर्छ, तर व्यक्तिगत स्वार्थको लागि झुण्ड र गुट बनाउनाले पार्टी बन्दैन । कसैले फरक मत राख्यो भने अपेक्षा गर्न हुँदैन । निषेध गर्न त मिल्दैन । गुट चलेका छन् । त्यसलाई हामीले स्वीकार्य गर्न हुँदैन ।’
नेता श्रेष्ठले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
उनले थपे, ‘२०६४ मा संसदको बहुमतको संख्या जित्ने पार्टी अहिले ३२ सीटमा आइपुगेको छ । अब पनि गुट बनाउने ? अब गुट होइन, पार्टी निर्माण गर्न एकताबद्ध हुनुपर्छ । सबै त्यसका लागि तयार हुनुपर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: