Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नयाँ संविधानले जनताको चाहना पूरा गरेको छ – गृहमन्त्री गौतम

\"bamdevकाठमाडौं । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधान प्राप्त भएकामा खुसी व्यक्त गरेका छन्  । संविधानसभा भवन नयाँ बानेश्वरमा सभाबाट पारित संविधानमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली जनताको चाहना र भावनाको सम्मान भएको बताए । उनले भने –‘नयाँ संविधानले नेपाली जनताको चाहनालाई आत्मसात् गरेको छ, असाध्यै ठूलो उपलब्धि प्राप्त भएको छ । मुलुक नयाँ राजनीतिक दिशामा प्रवेश गरेको र प्राप्त उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’ यस्तै एकीकृत नेकपा ९माओवादी०का महासचिव कृष्णबहादुर महराले विगत आठ वर्षको प्रयासस्वरुप संविधान निर्माण भएको भन्दै यसलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे । उनले जनताले नयाँ संविधानमार्फत विभिन्न राजनीतिक उपलब्धि प्राप्त गरेको र थप उपलब्धिका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले भने – जनआन्दोलन, जनयुद्धलगायत विभिन्न आन्दोलनको भावनालाई गणतन्त्रमा संस्थागत गर्ने काम नयाँ संविधानले गरेको छ, यो महत्वपूर्ण उपलब्धि हो ।’ शुक्रबार बिहानदेखि संविधानसभा भवन नयाँ बानेश्वरमा संविधानको प्रतिमा हस्ताक्षर गर्ने कार्यक्रम जारी रहेको छ । हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ । कुल १० वटा विभिन्न डेस्कमा सभासद्को वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका नामावलीमा हस्ताक्षर भइरहेको छ । हस्ताक्षरका लागि नेपाली कागजमा संविधानको प्रति मुद्रण गरिएको छ । हस्ताक्षर सकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणित गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending