Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

के आधारमा गर्‍यो माओवादीले नेताहरूको कार्य विभाजन ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न १३ वटा मापदण्डलाई आधार मानेर नेताहरूको कार्य विभाजन गरेको छ । जसअनुसार पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरूको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ । 

सो आधारअनुसार पार्टी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिवसम्मका पदाधिकारीहरूलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी  विभाग र मोर्चाहरूका जिम्मेवारीमा केन्द्रित गरिएको आइतबार मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उल्लेख गरिएको छ । 

यस्तै जनप्रतिनिधि रहेका केही पदाधिकारीहरूलाई नीति निर्माण सम्बन्धी विभागहरूमा केन्द्रित गरिएको माओवादीको भनाइ छ । यस्तै उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरू र केन्द्रीय सदस्यहरूलाई प्रदेशहरूको जिम्मेवारीमा केन्द्रित गरिएको छ भने प्रदेश इन्चार्जको नेतृत्वमा सहइञ्चार्जहरु, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र उक्त प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरू रहेको समन्वय कार्यालय गठन गरिएको छ । जसमा सदस्यहरू थप गर्नुपर्ने भएमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने सर्कुलरमा उल्लेख छ 

यस्तै प्रदेश इन्चार्जको परामर्शमा जिल्ला इन्चार्जहरू तोकिएको छ भने महानगरपालिका इन्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेका नेताहरूको जिम्मेवारी यथावत राखिएको छ । यसमा आवश्यक परिमार्जन र सहइञ्चार्जहरु थप गर्नु परेमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले  निर्णय गर्ने माओवादीको भनाइ छ । 

यस्तै संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रका इञ्चार्जहरुको कार्य विभाजन सम्बन्धित  समन्वय कार्यालयले गर्ने तय भएको एक नेताले बताए । ती नेताका अनुसार स्थानीय पालिकाहरूका इञ्चार्जहरुको कार्य विभाजन समन्वय कार्यालयले गर्ने र जबस, मोर्चा, विभाग लगायतका क्षेत्रमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्य विभाजन पनि सोही समन्वय कार्यालयले गर्नेछ ।

यस्तै हालै विद्यार्थी संगठनको नेतृत्वमा उपाध्यक्ष तथा महासचिवसम्म रही बिदा भएकाहरूलाई पार्टीको केन्द्रीय प्रतिनिधि मनोनयन गरी सम्बन्धित प्रदेश र विभागहरूमा खटाइएको माओवादीले जनाएको छ ।  विद्यार्थी सङ्गठनबाट बिदाइ भएका अन्य पदाधिकारीहरूलाई सम्बन्धित प्रदेश समिति वा प्रदेशका  विभिन्न तहहरूमा समावेशी गरी समन्वय कार्यालयले कार्य विभाजन गर्ने बताइएको छ । 

यस्तै पार्टी एकता प्रक्रियामार्फत केन्द्रीय समितिमा समायोजन भएका नेताहरू, पार्टी केन्द्रीय  प्रतिनिधिको रूपमा खटाइएकाहरू, संगठनात्मक जिम्मेवारी लिनसक्ने केन्द्रीय ज्येष्ठ कम्युनिस्ट  मञ्च र केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा केन्द्रीय विभागका सदस्यहरूको कार्य विभाजन सम्बन्धित प्रदेशमा रहेको समन्वय कार्यालयले गर्ने बताइएको छ  ।

यस्तै जनप्रतिनिधिहरूलाई राज्यको व्यवस्थापिका, त्यससम्बन्धी कार्यहरू र पार्टीको नीति निर्माणसम्बन्धी विभागहरूमा केन्द्रित गरिएको छ भने जनप्रतिनिधिहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र रहेको भूगोलको पार्टी समितिका बैठकहरूमा नियमितरुपमा आमन्त्रण गरिने सर्कुलरमा भनिएको छ । 

यसैगरी भूगोल र जनप्रतिनिधिको जिम्मेवारीमा नरहेकाहरूलाई जबसरमोर्चाहरु हेर्ने जिम्मेवारीमा केन्द्रित गरिएको छ भने केन्द्रीय आयोगमा रहेकाहरुको जिम्मेवारी आयोग र आयोगका कामहरूमा मात्र केन्द्रित गरिएको छ । 

माओवादीका अनुसार केन्द्रीय विभागहरूको गठन तथा सदस्यहरू थपघट विभागीय इन्चार्जको सिफारिसमा केन्द्रीय कार्यालयले गर्ने छ भने आर्थिक उत्पादन संयन्त्र गठन गरी आर्थिक उत्पादनलाई अभियानको रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । यसको गठन र सञ्चालन सम्बन्धी नियमावली तयार गरी केन्द्रीय कार्यालयबाट जारी गरिने बताइएको छ । सो विभागमा विशेष जिम्मेवारीको रूपमा पूर्वउपराष्ट्रपति पासाङलाई दिइएको छ । 

यसैगरी काठमाडौँ उपत्यकाबाहिरका विभिन्न जिल्लाहरूबाट काठमाडौँ आएर अस्थायी रूपमा बसोबास गरिरहेका पार्टी समर्थक र शुभचिन्तकलाई संगठित गर्नका लागि सम्पर्क समन्वय प्रदेशअन्तर्गत विगतमा सञ्चालित विभिन्न स्तरका सम्पर्क मञ्चहरूलाई सोहीअनुसार पुनः क्रियाशील गराउने निर्णय समेत माओवादीले गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending