Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

संविधान खारेज गर्ने ओलीको सपना पुरा हुँदैनः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न चाहेको आरोप लगाएका छन्।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीले संविधान खारेज होस् र अहिले परिवर्तन सबै बर्वाद होस् भन्ने चाहेको बताएका हुन्। ‘उहाँ (ओली)) ले त आन्दोलन परिवर्तन सबै बर्वाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि हाम्रो अहिलेको प्रधानमन्त्री त,’ अध्यक्ष प्रचण्डले भने ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा दुईरदुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी नै रहेको उनको दाबी छ। वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने पनि उनले ठोकुवा गरे।

जनता समाजवादी पार्टी नेपालले अध्यादेशमा समर्थन गर्न नहुने प्रचण्डको तर्क छ। प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषयमा आएको अध्यादेश गलत रहेको उनले बताए।

‘सदनमा अध्यादेश प्रस्तुत भएका छन्, तर ती रोकिएर बसेका छन्। तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नु भएकै होला। त्यहाँ अहिले अगाडि बढ्न सकिराखेको स्थिति छैन । सरकारले सदन बोलाउनुपर्ने बेलामा गलत नियतले अध्यादेश ल्यायो। प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ। त्यो कुराको बारेमा सदनमा पनि मैले प्रष्ट भनेको छु, हाम्रो दलको तर्फबाट र बाहिर पनि,’प्रचण्डले भने।

वर्तमान सरकार सरकार जनताको पक्षमा, राष्ट्रको पक्षमा र सुशासनको पक्षमा काम गर्न नबनेको प्रचण्डको दाबी छ। भ्रष्टाचारको विरुद्ध तत्कालीन सरकारले चलाएको अभियानलाई रोक्नका वर्तमान सरकार बनेको उनले दाबी गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending