Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

भारतीय मिडिया टिमलाई भारत–नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि

खबरडबली संवाददाता

भैरहवा । भारत–नेपाल दोस्रो मैत्रीपूर्ण मिडिया कप क्रिकेटको उपाधि भारतीय मिडिया टिमले जितेको छ । भारतीय मिडियाको आयोजनामा भारतको राज मनोहर लोहिया कलेज नौतनवाको खेल मैदानमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको टिमलाई ५ विकेटले पराजित गर्दै भारतीय मिडिया टिमले उपाधि जितेको हो ।

उपाधि हात पारेको भारतीय मिडिया टिमले नगद ११ हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनी प्रेस क्लबको टिमले नगद १० हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

टस जितेर ब्याटिङ गरेको प्रेस क्लबको टिमले निर्धारित १५ ओभरमा १४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ८ रन बनायो । उसका लागि सचिन चौधरीले ४३ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै, मोहम्मद हविवले ११ रन बनाए । प्रेस क्लबका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतीय मिडियाका विनयले ३, मुकेशले २ र आलोक जोशी र अमित त्रिपाठीले समान १–१ विकेट लिए ।

१ सय ९ रनको लक्ष्य भारतीय टिमले ११ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो । उसका लागि अरविन्द त्रिपाठीले महत्वपूर्ण ५२ रन बनाए । यस्तै, अमित त्रिपाठीले २२, रोहितले १२ र पुनितले १० रन बनाइ टिमलाई जित दिदलाए । बलिङमा प्रेस क्लबका भुवन पाण्डे र भीम भण्डारीले समान २–२ विकेट लिँदा प्रकाश न्यौपानेले १ विकेट हात पारे ।

खेलमा अरविन्द त्रिपाठी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज घोषित भई पुरस्कृत भए । प्रेस क्लबका सचिन चौधरी बेष्ट ब्याटर, भारतीय टिमका विनय बेष्ट बलर र प्रेस क्लबका भुवन पाण्डे बेष्ट फिल्डर भई पुरस्कृत भए । विजेता र उपविजेता खेलाडीहरुलाई एस.एस.बी सेकन्ड कमान्डेड वरुणकुमार, नगर पंचायत सुनौलीका अध्यक्ष हबिब खान, पूर्वअध्यक्ष गुड्डु खान, वैभव सिंह, पूर्व जिला पंचायत सदस्य वसीम खान, नन्दलाल जयसवाल, अमित साहनी, अनुप जयसवाल, बिके जयसवाल, अजय रामचन्द्र, अवनिश उपाध्याय, विनय यादव, राजा वर्मा लगायतले पुरस्कार प्रदान गरे ।

भारतीय टिमका कप्तान अमित त्रिपाठी र प्रेस क्लबका अध्यक्ष एवं कप्तान कमल रायमाझीले सीमा क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुबीच आपसी भाइचारा अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको जनाए । माघ २ मा भैरहवामा प्रेस क्लबले नेपाल–भारत मैत्रीपूर्ण क्रिकेट गरेको थियो । भारतीय मिडिया टिमले भने गत वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेका छन् । सीमा क्षेत्रका साझा मुद्दामा दुबै देशका पत्रकारले कलम चलाउनु पर्ने कप्तानद्वयले जनाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

भैरहवा  । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगर...

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

भैरहवा  । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगर...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको  ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको  ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक...

प्रत्येक स्थानीय तहमा पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ । ...

एक महिनामा आगलागीबाट ६ को मृत्यु, ३८ परिवार विस्थापित

काठमाडौं। गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती ...

आरआरको स्ववियु निर्वाचन चैत १६ गते

काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० क...

किन घट्दैछ बर्सेनि भँगेराको सङ्ख्या ?

कञ्चनपुर । तीव्र रुपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थ...

किन घट्दैछ बर्सेनि भँगेराको सङ्ख्या ?

कञ्चनपुर । तीव्र रुपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थ...

पाटन अस्पतालको शौचालयबाट भागेका बलात्कार आरोपी कञ्चनपुरबाट समातिए

ललितपुर  । शौचालय जाने बहानामा ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गर्न सफल भएको छ । उनलाई गएराति कञ्चनपुरस्थित ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy