भैरहवा । भारत–नेपाल दोस्रो मैत्रीपूर्ण मिडिया कप क्रिकेटको उपाधि भारतीय मिडिया टिमले जितेको छ । भारतीय मिडियाको आयोजनामा भारतको राज मनोहर लोहिया कलेज नौतनवाको खेल मैदानमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको टिमलाई ५ विकेटले पराजित गर्दै भारतीय मिडिया टिमले उपाधि जितेको हो ।
उपाधि हात पारेको भारतीय मिडिया टिमले नगद ११ हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनी प्रेस क्लबको टिमले नगद १० हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
टस जितेर ब्याटिङ गरेको प्रेस क्लबको टिमले निर्धारित १५ ओभरमा १४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ८ रन बनायो । उसका लागि सचिन चौधरीले ४३ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै, मोहम्मद हविवले ११ रन बनाए । प्रेस क्लबका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतीय मिडियाका विनयले ३, मुकेशले २ र आलोक जोशी र अमित त्रिपाठीले समान १–१ विकेट लिए ।
१ सय ९ रनको लक्ष्य भारतीय टिमले ११ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो । उसका लागि अरविन्द त्रिपाठीले महत्वपूर्ण ५२ रन बनाए । यस्तै, अमित त्रिपाठीले २२, रोहितले १२ र पुनितले १० रन बनाइ टिमलाई जित दिदलाए । बलिङमा प्रेस क्लबका भुवन पाण्डे र भीम भण्डारीले समान २–२ विकेट लिँदा प्रकाश न्यौपानेले १ विकेट हात पारे ।
खेलमा अरविन्द त्रिपाठी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज घोषित भई पुरस्कृत भए । प्रेस क्लबका सचिन चौधरी बेष्ट ब्याटर, भारतीय टिमका विनय बेष्ट बलर र प्रेस क्लबका भुवन पाण्डे बेष्ट फिल्डर भई पुरस्कृत भए । विजेता र उपविजेता खेलाडीहरुलाई एस.एस.बी सेकन्ड कमान्डेड वरुणकुमार, नगर पंचायत सुनौलीका अध्यक्ष हबिब खान, पूर्वअध्यक्ष गुड्डु खान, वैभव सिंह, पूर्व जिला पंचायत सदस्य वसीम खान, नन्दलाल जयसवाल, अमित साहनी, अनुप जयसवाल, बिके जयसवाल, अजय रामचन्द्र, अवनिश उपाध्याय, विनय यादव, राजा वर्मा लगायतले पुरस्कार प्रदान गरे ।
भारतीय टिमका कप्तान अमित त्रिपाठी र प्रेस क्लबका अध्यक्ष एवं कप्तान कमल रायमाझीले सीमा क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुबीच आपसी भाइचारा अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको जनाए । माघ २ मा भैरहवामा प्रेस क्लबले नेपाल–भारत मैत्रीपूर्ण क्रिकेट गरेको थियो । भारतीय मिडिया टिमले भने गत वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेका छन् । सीमा क्षेत्रका साझा मुद्दामा दुबै देशका पत्रकारले कलम चलाउनु पर्ने कप्तानद्वयले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: