खाेटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकाे जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । पाँच कार्यकाल जिल्ला सभापति सम्हालिसकेका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस खोटाङका जिल्ला सचिवसमेत रहेका जोशीले ८१ मत ल्याएर रेडक्रस सभापतिमा विजयी हुँदा बस्नेतले जम्मा ४० मत प्राप्त गरे । दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका जोशीले अघिल्लो अर्थात् ११औँ जिल्ला अधिवेशनमा बस्नेतलाई १२ मतले पराजित गरेका थिए ।
रेडक्रस खोटाङको १२औँ जिल्ला अधिवेशनअन्तर्गत गएराति सम्पन्न निर्वाचनमा महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन् । आचार्यले ७० मत तथा बस्नेतले ४५ ल्याएर महिला र खुला उपसभापतिमा विजयी भएका हुन् ।
आचार्य सभापतिका उम्मेदवार बस्नेत प्यानल (समूह)का हुन् भने बस्नेत नवनिर्वाचित सभापति जोशी प्यानेलको उम्मेदवार हुन् । जोशी प्यानलका महिला उपसभापतिका उम्मेदवार रत्नमाया बुढाथोकीले ४३ तथा बस्नेत प्यानेलका खुला उपसभापतिका उम्मेदवार भीमबहादुर सैँजूले ३२ मत मात्र प्राप्त गरेका छन् ।
सात पदाधिकारी तथा १० जना सदस्यका लागि भएको निर्वाचनअन्तर्गत मन्त्रीमा जोशी प्यानलकै छत्रकुमार बजिमय विजयी भएका छन् । बजिमयले ८७ मत ल्याएर मन्त्री पदमा विजयी हुँदा अर्का मन्त्री पदका उम्मेदवार कृष्णप्रसाद आचार्यले २९ मत मात्र प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ ।
दुईवर्षे कार्यकालका लागि चयन गरिएको रेडक्रस खोटाङको कोषाध्यक्षमा जोशी प्यानेलकै लीलाबहादुर खत्री विजयी भएका छन् । खत्रीले ६६ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका नवराज केसीले ४६ मत मात्र प्राप्त गरेका छन् । उपमन्त्रीमा जोशी प्यानेलकै कृष्णप्रसाद अधिकारी झिनो मतले विजयी भएका छन् । अधिकारीले ५५ मत ल्याएर उपमन्त्रीमा विजयी हुँदा बस्नेत प्यानेलका शिवकुमार बस्नेतले ५३ मत प्राप्त गरेका छन् ।
जिल्लाभरका १३८ मतदातामध्ये १२६ जना मतदाता सहभागी निर्वाचनमा शाखाको उपकोषाध्यक्ष पदमा जोशी प्यानेलकै अशोक आचार्य १९ मतको फरकले विजयी भएका छन् । आचार्यले ६३ मत ल्याएर उपकोषाध्यक्षमा विजयी हुँदा बस्नेत प्यानेलका छत्रबहादुर केसीले ४४ मत प्राप्त गरेको जनाइएको छ ।
तीनजना महिला सदस्यमा जोशी प्यानेलकै इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भएका छन् । बस्नेतले ८१, रिजालले ७८ र दाहालले ७५ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका रूपा विश्वकर्माले ४७ मत प्राप्त गरेका छन् ।
सातजना खुला सदस्यका लागि १४ जना उम्मेवारबिच भएको निर्वाचनमा बस्नेत प्यानेलका अर्जुनकुमार राउतबाहेक अन्य ६ जना जोशी प्यानेलका उम्मेदवार विजयी भएका छन् । बस्नेत प्यानेलका राउतले ६६ मत ल्याएर सदस्यमा निर्वाचित भएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनमा गएराति सम्पन्न निर्वाचनमा जोशी प्यानेलका गोपाल राईले सबैभन्दा बढी ६७, पुस्विन खत्री र किशोर श्रेष्ठ ६०–६०, रामचन्द्र केसीले ५८, कर्णबहादुर बस्नेतले ५७ र यामबहादुर निरौलाले ५१ मत ल्याएर सदस्य विजयी भएका छन् । सभापतिमा पराजित बस्नेतलाई कांग्रेसकै एउटा समूह तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समर्थन थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: