Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित

खबरडबली संवाददाता

खाेटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकाे जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । पाँच कार्यकाल जिल्ला सभापति सम्हालिसकेका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । 

नेपाली कांग्रेस खोटाङका जिल्ला सचिवसमेत रहेका जोशीले ८१ मत ल्याएर रेडक्रस सभापतिमा विजयी हुँदा बस्नेतले जम्मा ४० मत प्राप्त गरे । दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका जोशीले अघिल्लो अर्थात् ११औँ जिल्ला अधिवेशनमा बस्नेतलाई १२ मतले पराजित गरेका थिए ।

रेडक्रस खोटाङको १२औँ जिल्ला अधिवेशनअन्तर्गत गएराति सम्पन्न निर्वाचनमा महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन् । आचार्यले ७० मत तथा बस्नेतले ४५ ल्याएर महिला र खुला उपसभापतिमा विजयी भएका हुन् । 

आचार्य सभापतिका उम्मेदवार बस्नेत प्यानल (समूह)का हुन् भने बस्नेत नवनिर्वाचित सभापति जोशी प्यानेलको उम्मेदवार हुन् । जोशी प्यानलका महिला उपसभापतिका उम्मेदवार रत्नमाया बुढाथोकीले ४३ तथा बस्नेत प्यानेलका खुला उपसभापतिका उम्मेदवार भीमबहादुर सैँजूले ३२ मत मात्र प्राप्त गरेका छन् । 

सात पदाधिकारी तथा १० जना सदस्यका लागि भएको निर्वाचनअन्तर्गत मन्त्रीमा जोशी प्यानलकै छत्रकुमार बजिमय विजयी भएका छन् । बजिमयले ८७ मत ल्याएर मन्त्री पदमा विजयी हुँदा अर्का मन्त्री पदका उम्मेदवार कृष्णप्रसाद आचार्यले २९ मत मात्र प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ । 

दुईवर्षे कार्यकालका लागि चयन गरिएको रेडक्रस खोटाङको कोषाध्यक्षमा जोशी प्यानेलकै लीलाबहादुर खत्री विजयी भएका छन् । खत्रीले ६६ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका नवराज केसीले ४६ मत मात्र प्राप्त गरेका छन् । उपमन्त्रीमा जोशी प्यानेलकै कृष्णप्रसाद अधिकारी झिनो मतले विजयी भएका छन् । अधिकारीले ५५ मत ल्याएर उपमन्त्रीमा विजयी हुँदा बस्नेत प्यानेलका शिवकुमार बस्नेतले ५३ मत प्राप्त गरेका छन् ।  

जिल्लाभरका १३८ मतदातामध्ये १२६ जना मतदाता सहभागी निर्वाचनमा शाखाको उपकोषाध्यक्ष पदमा जोशी प्यानेलकै अशोक आचार्य १९ मतको फरकले विजयी भएका छन् । आचार्यले ६३ मत ल्याएर उपकोषाध्यक्षमा विजयी हुँदा बस्नेत प्यानेलका छत्रबहादुर केसीले ४४ मत प्राप्त गरेको जनाइएको छ । 

तीनजना महिला सदस्यमा जोशी प्यानेलकै इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भएका छन् । बस्नेतले ८१, रिजालले ७८ र दाहालले ७५ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका रूपा विश्वकर्माले ४७ मत प्राप्त गरेका छन् । 

सातजना खुला सदस्यका लागि १४ जना उम्मेवारबिच भएको निर्वाचनमा बस्नेत प्यानेलका अर्जुनकुमार राउतबाहेक अन्य ६ जना जोशी प्यानेलका उम्मेदवार विजयी भएका छन् । बस्नेत प्यानेलका राउतले ६६ मत ल्याएर सदस्यमा निर्वाचित भएका हुन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनमा गएराति सम्पन्न निर्वाचनमा जोशी प्यानेलका गोपाल राईले सबैभन्दा बढी ६७, पुस्विन खत्री र किशोर श्रेष्ठ ६०–६०, रामचन्द्र केसीले ५८, कर्णबहादुर बस्नेतले ५७ र यामबहादुर निरौलाले ५१ मत ल्याएर सदस्य विजयी भएका छन् । सभापतिमा पराजित बस्नेतलाई कांग्रेसकै एउटा समूह तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समर्थन थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामेछापमा डढेलाे बस्तीमा पस्दा दुई घर र तीन गोठ जले

रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...

राप्रपाले २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने, वैशाख ७ बाट निरन्तर आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...

विचारधीन विधेयक टुंगोमा लैजान सत्तारूढ दल सहमत

काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने वि...

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकर...

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह...

बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै

ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीह...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसक...

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्च...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy