आज नेपालमा राजनीतिक पार्टीहरूमा लोकतन्त्रको खाँचो छ । हाम्रो पार्टी नेकपा माओवादी केन्द्रमा पनि त्यो आवश्यक छ । लोकतन्त्रमा बहस छलफल हुन्छ । जनताको जनवाद स्वीकार गर्नुपर्छ । जनताको आवाज सुनेर हामीले सो अनुरूपका आचरण बनाउने हो ।
होइन फेरि पनि जनतालाई दास बनाउने, अन्धभक्त बनाउने, जनताको आलोचना नसुन्ने, जनताले उठाएका विचारका बहसलाई बेवास्ता गर्ने प्रवृति राख्ने हो भने त्यो नोकरशाही केन्द्रियता हुनेछ । त्यो नयाँ प्रकारको सामन्तवाद हो । हामी यो कुरा स्वीकार गर्दैनौं, विचारको वहस नगरी समाजवादको बाटोमा अघि बढ्न सक्दैनौं, हरेक पार्टीमा बहस गरेर जानुपर्छ । हाम्रो पार्टीभित्र पनि बहस हुनुपर्छ ।
अब हामीले सबैखाले विभेदको अन्त्यको लागि सामाजिक सांस्कृतिक रुपान्तरणको अभियान चलाउनुपर्ने भएको छ, क्रान्तिलाई समाजवादतिर लैजानका लागि हामीले आर्थिक विकासमा अघि बढ्नुछ । समाजवादको मोडल के हुने भन्ने बहस गर्नुछ । अहिले हाम्रोमा यो बहस भएको छैन । दुईरपाँचजना आसेपासे र अन्धभक्त बोकेर समाजवादमा पुगिन्न ।
हाम्रो समाजवादको विशेषता के हो रु त्यसको आधारमा हाम्रो बाटो तय गर्ने हो र अघि बढ्ने हो । यो बहस कित्ताबन्दी गर्न होइन । खबदरदार १ हामीमाथि कित्ताबन्दी गर्यो भन्नेहरूलाई म भन्न चाहान्छु आज मैले उठाएको विषय माओवादी पार्टीभित्र कित्ताबन्दी होइन एकताबन्दी, गोलबन्दी गर्न हो । माओवादी आन्दोलनलाई कित्ताबन्दीको आवश्यकता छैन, गोलबन्दीको आवश्यकता छ ।
महान जनयुद्धको ३० औं वर्षगाँठको उपलक्ष्यमा क्रान्तिको यो पवित्र भूमिबाट म आव्हान गर्न चाहान्छु । मोहन वैद्य, बाबुराम भट्राई, नेत्रविक्रम चन्द, गोपाल किराती, धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली, विश्वभक्त दुलाल सबैलाई आह्वान गर्न चाहान्छु हामी एकताबद्ध भएर अघि बढौं । म हाम्रो पार्टीका अध्यक्ष प्रचण्डलाई पनि आह्वान गर्न चाहन्छु, इतिहासका हामी सबै माओवादीहरूलाई हृदय खोलेर एकताको लागि आह्वान गरौं । आज माओवादी आन्दोलन कित्ताबन्दी होइन गोलबन्दी र एकताबन्दीको बाटोबाट अघि बढ्न पर्छ ।
अब जनतालाई हामीले बुझाउँछौं, हाम्रो अभियान के हो रु यहाँ अघि प्रश्न पनि उठेको छ । हामी समृद्धिको बाटोमा अघि बढ्न श्रमको मूल्य, महत्व र आवश्यकता बोध गर्न जारुरी छ । श्रमको लागि प्रशस्त सम्भावना छन् । हामीले श्रम गरौं, श्रमबाट प्रतिफल ल्याउन तीन तहका सरकारलाई काम गर्न बाध्य पारौं अनि समृद्धिको बाटो खुल्छ । सामाजिक न्यायको बाटोमा गएर समृद्धि ल्याउने नै हाम्रो अभियान हो ।
अर्को कुरा समाजमा व्याप्त भ्रष्टाचारविरुद्ध संघर्ष । मैले पार्टीभित्र एउटा विषय उठाएको छु र केन्द्रीय समिति बैठकबाट निर्णय पनि भएको छ । मेरो प्रस्ताव पहिला पार्टीभित्रको सम्पत्ति छानबिन गरौं । हामी नेताको सम्पत्ति छानबिन गरौं । कसको के हो, कसको सम्पत्ति कति हो जनताले थाहा पाउनुपर्छ भनेर मैले उठाएको छु । यसबाट मात्र समाजमा भएको भ्रष्टाचारविरुद्ध जनचेनता जगाउने शक्ति हामीले प्राप्त गछौं ।
पारदर्शीता र सुशासनमा लैजाने अर्को अभियान हो । हामी जति जनताको आलोचना र जनावादबाट अघि बढ्न सक्छौं त्यति नै बलियो बन्छौं । त्यसका लागि सही नीति, विचार र नेतृत्व आवश्यक पर्छ । हामीले आगामी मंसिरमा महाधिवेशन गर्ने भनेका छौं । त्यो महाधिवेशनबाट पार्टीले नयाँ विचार र नयाँ नेतृत्वसहित समाजवादको अभियानमा जानेछ ।
आज रुकुमको यो पवित्र भूमिबाट म फेरि पनि भन्छु, हामी क्रान्तिबाट विचलित छैनौं । कहिलेकहिँ ईख गर्नेहरूले, बाहिरबाट दूरविन लगाएर हेर्नेहरूले रुकुमको पार्टीलाई कमजोर बनाउन पाए हुन्थ्यो भनेर खेल्ने प्रयास गर्छन् । यहाँ नेताहरूलाई भ्रष्ट पार्न कोसिस गर्छन् । नेताहरूको टीम कमजोर पार्न मेहनत गर्छन तर हामी उनीहरू ती प्रयासलाई खारेज र बेवास्ता गर्दै जनताको खबरदारी सुनेर अगाडि बढिरहनेछौं । अघि सुदन किरातीजीले पनि भन्नुभयो, क्रान्तिको आस्थाको केन्द्र बचाउन सकेनौं भने देशैभरी असर गर्छ ।
हामीले आचरण र व्यवहारमा सच्चिएर जानुपर्छ । रुकुमले आजसम्म कसैलाई धोका दिएको छैन र धोका दिन जानेको छैन । बरु धेरैपटक धोका खाएको छ र हरेक धोका खाएको छ, तर पचाएको छ । क्रान्तिमा धोका दिन हुँदैन भन्ने शिक्षा प्राप्त गरेको छ । धोका खाएको छ, धोका खाएकालाई बेवास्ता गर्दै जनताको समस्या समाधान गर्ने प्रतिवद्धता हो ।
मैले पार्टीभित्र बहसका लागि अघिल्लो बैठकमा केही विषय उठाएको थिएँ । पार्टीले आफ्नो पहिचान बिर्सियो, दलितहरूलाई बिर्सियो, आफ्नो मूल लक्ष्य छाड्यो भनेको हो । त्यो भनेको पार्टीमा रुपान्तरणका लागि थियो । त्यसो भनेबापत ममाथि अनेक लाञ्छानाहरू पनि लगाए तर पार्टीको यो केन्द्रीय कमिटी बैठकले मैले उठाएका कुरालाई स्वीकार गरेको छ । मैले ती विषय पार्टीको हितको लागि उठाएको थिएँ, जनताका कुरा उठाएको थिएँ ।
(रुकुम पश्चिमको सानीभेरीमा आयोजित कार्यक्रममा माओवादी उपमहासचिव शर्माको भाषणका केही राजनीतिक अंश)
प्रतिकृया लेख्नुहोस्: