Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

जाजरकोटमा गाईभैँसी गोठमा असुरक्षित सुत्केरी हुने क्रम रोकिएन

\"delivery\"जाजरकोट । जाजरकोटका ग्रामीण क्षेत्रका महिला अझै पनि गाईभैँसी गोठमा असुरक्षित रुपमा सुत्केरी हुने क्रम घटेको छैन । जिल्लाको खगेनकोट, रग्दा, भगवती, नायकवाडा, रोकायगाउँ, रामीडाँडा, पैक, सक्ला, लहँ, डाडाँगाउँलगायतका दुई दर्जन गाविसका महिला अहिले पनि  गाईभैँसी गोठमा सुत्केरी हुने क्रम नरोकिएको स्थानीय महिलाले बताएका छन् । यहाँका ग्रामीण भेगमा छुट्टै गाईभैँसी बाँध्ने गोठ नहँुदा एउटै घरको माथि तलामा मानिस र तल्लो तलामा पशु चौपाय बाध्ने हुँदा सुत्केरीमा छुट्टै कोठाको अभावमा यो समस्या आएको महिलाले बताएका छन् । प्राय स्थानीयको दुई तले घर हुने गर्दछन् । दुई तलामध्ये माथि एक कोठामा अन्न, अन्य सामग्री राख्ने ठाउँ अर्को कोठामा भान्सा भएका कारण पशुचौपाय बाँध्ने कोठामा एक कुनामा सफा गरेर सुत्केरी हुनुपर्ने बाध्यता भएको खगेनकोट–५ की विष्णुकुमारी खत्रीले बताइन  । न्वारन भएको २१ दिनसम्म पशु चौपाय बाँध्ने ठाउँमा बस्ने गरिन्छ, न्वारन पछि घरको सबै काम गरे पनि देवता रिसाउने भन्दै घरभित्र प्रवेश गर्नदेखि कुनै पनि परिवारका सदस्यलाई छुन दिने गरिँदैन । सुत्केरी भएको २१ दिनसम्म दही, दूध, देवता रिसाउँछ भन्दै सुत्केरीलाई खाना नदिने गरेको सक्ला–१ की सरिता खत्रीले बताइन । जिल्लाका अधिकांश ठाउँमा पशुचौपाय बाँध्नका लागि छुट्टै गोठ निर्माण नगरी एउटै घरको तल पशु चौपाय माथि मानिस बास्दा निकै समस्या आएको महिला स्वयम्सेविका बताउँछन् । पशु चौपाय बाँध्नका लागि गोठ छुट्टै भएको भए यहाँका अधिकांश मानिस निरोगी हुने र छिट्टै रोगले नछुने जीवनका लागि स्वास्थ्य कार्यक्रमका संयोजक विश्वनाथ खत्रीको भनाइ छ । पशु चौपाय कम पालन गर्ने ठाउँमा गोठमा सुत्केरी हुने क्रम ह्वात्तै घटे पनि पशु चौपाय पालन गर्ने ठाउँमा भने गोठमा सुत्केरी हुने क्रम नरोकिएको नायकवाडाकी स्वयम्सेविका कृष्णकुमारी शाहीले बताइन । खगेनकोटकी सीता खत्री भन्छिन्  ‘मेरा सबै छोराछोरी गाईभैँसी बाँध्ने गोठमै जन्मिएको हो, बाध्यता थियो, ठाउँ थिएन, कहाँ जानु त्यही गाईभैँसी बाँध्ने कोठा रोजे अनि छोराछोरी जन्माए ।’ सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्था लिनुभन्दा पनि गाईभैँसी बाँध्ने गोठमा लिएर सुत्केरी गराउने, गाउँका वैद्य बोलाउने काम हुन्छ, वैद्यले पनि सुत्केरी गराउन नसकेपछि डोकेमा बोकेर स्वास्थ्य संस्था लैजाने गरेको भगवतीस्थित हिमालय प्राविका प्रधानाध्यापक वुद्धिबहादुर बस्नेत बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending