Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अन्ततः हार मानेर फर्किए भारतीय दुत जयशंकर

\"jayashankar\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दुत एस जयशंकर स्वदेश फर्किएका छन् । आन्दोलनरत मधेसकेन्द्रित दलहरुको माग सम्बोधनका लागि केही दिन वार्ता गरेर मात्रै संविधान जारी गर्न दबाब दिए पनि प्रमुख दलका नेताहरुले भारतको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन् ।   प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी केही दिन संविधान रोक्न आग्रह गरे पनि उनीहरुले अस्वीकार गरेका थिए । पटकपटकको प्रयासमा असन्तुष्ट दलहरु वार्तामा नआएको भन्दै उनीहरुले संविधान जारी गर्ने र जायज माग समेट्ने भेटमा बताए ।   भारतको सन्देश लिएर आएका जयशंकरले जाँदाजाँदै अन्तर्राष्ट्रिय विमानस्थलमा संविधानलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन आग्रह गर्दै संविधान जारी हुँदा र भइरहेपछि पनि बन्द, हड्ताल र हिंसात्मक गतिविधि नगर्न सुझाए । ‘आन्दोलन कत्ति पनि नहोस्, सबै मिलेर जानुपर्छ, त्यसका लागि वातावरण पनि बनोस् ।’ तीन र आन्दोलनरत दलहरुलाई आग्रह गर्दै उनले भने ।   शान्ति र संविधानमा पहिले जस्तै अहिले पनि भारतको सहयोगमा शंका ननर्ग आग्रह गर्दै उनले ‘आवश्यक लचकता र परिपक्वता’ देखाएर संविधान जारी गर्न दलहरुलाई आग्रह गरे । उनले तीन पार्टीका शीर्ष नेता, राष्ट्रपति र मधेस केन्द्रित दलहरुलाई भेटेका थिए । मधेसकेन्दित दलहरुलाई भने उनले भारतीय दुतावासमै भेट गरे ।   भेटका क्रममा उनले मिल्ने र हुने सम्मका माग सम्बोधन गरेर अघि बढ्दा सबैको हित हुने भन्दै कुटनीतिक दबाब बढाउँदै फर्किएका छन् । संविधान दुई तिहाईभन्दा बढीमतले पारित भएपछि मोदीले उनलाई शुक्रबार नेपाल पठाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy