काठमाडौँ । नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् ।
नेपाल प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा रु एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार चार सय ३० बराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।
उनीहरूले ‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिई व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमती गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: