Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

विश्व बजारमा नेपाली इभेन्टहरु, अस्ट्रेलियामा खुल्यो नेपाली इभेन्ट व्यवस्थापन कम्पनी

अस्ट्रेलिया  । इन्टरनेट र सोसल मिडियाले सांघुरिंदै गइरहेको बिश्व बजारमा अब नेपाली इभेन्टहरु पनि समाहित हुने भएका छन् । सवै प्रकारका नेपाली इभेन्टहरुलाइ बिश्वब्यापिकरण गर्ने लक्ष्यका साथ हालसालै अस्ट्रेलियामा “मेरो इभेन्ट्स अस्ट्रेलिया” नामक इभेन्ट व्यवस्थापक कम्पनि खुलेको छ । उच्च शिक्षाको लागि केहि बर्ष अघि नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरुले नेपाली इभेन्टहरु आयोजना गर्ने, व्यवस्थापन गर्ने लगायत अनलाइन टिकेट समेत किनबेच गर्न सकिने गरि काम सुरु गरेको उक्त संस्थाका संस्थापक तथा निर्देशक सुन्दर छेत्रीले बताए । अस्ट्रेलियन बिजनेस रजिस्ट्रार अन्तर्गत मेरो इभेन्ट्स अस्ट्रेलिया नामक कम्पनि दर्ता गरि बिश्वब्यापी रुपमा काम गर्न मिल्ने गरि मेरो इभेन्ट्स डट कम नामक वेबसाइट संचालनमा ल्याएको संस्थाले अस्ट्रेलिया, नेपाल, अमेरिका, बेलायत, जापान, कोरिया, हंगकंग लगायत नेपालीहरुको बाहुल्यता रहेको स्थानमा नेपाली कन्सर्ट, हास्यब्यंग तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरुको साथै नेपाली चलचित्रहरुलाइ विश्व बजारमा पुर्याउन वर्ल्डवाइड रिलिज गर्ने सम्मका कार्यहरु गर्ने लक्ष्य राखेको उक्त संस्थाका अर्का संस्थापक तथा निर्देशक सुरज अर्यालले बताए । “विश्व बजारमा निकै नै सहज र सरल मानिएको अनलाइन टिकेटिंगको प्रचलनमा नेपाली कार्यक्रम आयोजकहरु अझै पनि पुग्न सकेको पाइंदैन । त्यसैलाई मध्यनजर गर्दै हामीले आफैंले कार्यक्रम आयोजना गर्नुका साथै अन्य आयोजकहरुले आयोजना गरेका कार्यक्रमहरुलाइ समेत सोसल मिडिया लगायत अन्य इलेक्ट्रोनिक माध्यमबाट प्रबर्धन गर्नुका साथै सजिलो तरिकाले टिकेट बिक्रि गर्न सक्ने गरेर काम गर्ने सोच बनाएका छौं – सुन्दर ले भने । विश्वभरी छरिएर रहेका हरेक नेपालीलाई आफ्नो कला, संस्कृति र अन्य सांस्कृतिक कार्यक्रमहरु प्यारो लाग्छ नै, त्यसैले पनि विश्वका हरेक कुनामा जहाँ नेपालीहरु छन् त्यहाँ बर्षेनी कुनै न कुनै कार्यक्रमहरु आयोजना भइरहेका छन् र यो क्रम अझै बढ्दो पनि छ । तर विश्व बजारमा अत्यन्तै सफल र सजिलो प्रमाणित भइसकेको अनलाइन टिकेटिंग नेपाली इभेन्ट्सहरुमा खासै प्रयोग भएको पाइएको छैन । खासगरी नेपाल भन्दा बाहिर हुने नेपालि संस्कृतिक कार्यक्रमहरुमा उल्येख्य संख्यामा नेपालीहरुको संलग्नता हुने गरेपनि सो को लागि निकै नै झन्झट व्यहोर्नुपर्ने कार्यक्रम आयोजक संस्था तथा दर्शक श्रोताहरुको गुनासो पाइने गरेको अवस्थामा हामीले यो कन्सेटमा काम गर्न खोज्नुको पछाडी नेपाली इभेन्टहरुलाई विश्वको जुनसुकै कुनामा पनि सहज तरिकाले व्यवस्थापन र त्यसको प्रवर्द्दन तथा टिकेट बिक्रि समेतलाइ सहज गराई आयोजक तथा दर्शकरश्रोताहरुलाई समेत छिटो र भरपर्दो सुबिधा दिन सकियोस भन्ने उदेश्य रहेको निर्देशक अर्यालले बताए । संस्थाको उदेश्य अनुरुप नेपालीहरुको चाडपर्वहरु नजिकिंदै गर्दा संस्थाले अस्ट्रेलि याको ब्रिसबेन शहरमा आफ्नो पहिलो कार्यक्रम गरि आफ्नो कार्यको सुरुवात गर्दैछ । स्प्रिंग मेलोडिज ब्रिसबेन २०१५ नाममा नेपालि चर्चित कलाकारहरु धर्मेन्द्र सेवान, कमल खत्री र स्ट्याण्ड अप कमेडियन सन्दीप क्षेत्री लगायत शास्त्र ब्याण्ड ९ब्रिसबेन० र जागृती ब्याण्ड ९ब्रिसबेन० को समेत प्रस्तुति रहने गरि आयोजना गरिन लागेको सो कार्यक्रम आगामी सेप्टेम्बर २५ तारिखका दिन क्विन्सल्याण्ड रसियन कम्युनिटी सेन्टरमा आयोजना हुँदैछ भने उक्त कार्यक्रमको टिकेट समेत अनलाइनमा उपलब्ध हुनेछ । “अनलाइनबाट टिकेट लिनका लागि हाम्रो वेबसाइट मेरो इभेन्ट्स डट कममा गइ आफ्नो बिवरण भरि पेमेन्ट गरेपछि सिधै तपाइंको इमेलमा टिकेट प्राप्त हुन्छ र सो टिकेटलाइ प्रिन्ट गरेर कार्यक्रम स्थलमा साथमा लिएर आउँदा पनि हुन्छ वा कार्यक्रम स्थलमा प्रवेश गर्ने बेलामा आफ्नो इमेलमा प्राप्त हुने बारकोड़ स्क्यान गराएर पनि तपाइँ कार्यक्रम स्थलमा प्रवेश गर्न सक्नुहुन्छ” सुन्दर भन्छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending