Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधी पाउने

खबरडबली संवाददाता

काठमाडौं । क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने बताएको हो ।

उनले क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लगायत संस्थाहरुले औषधी उपलब्ध गराएपछि थप सहज भएको बताए।

उनले भने, ‘‘चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । यसका लागि चारवटै अस्पताललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । अब हामीलाई थप सहज भएको छ । डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधी प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढङ्गबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ । यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढंगबाट लक्षित समूहसम्म पुर्‍याउने काम हुन्छ ।’’

उनले औषधीका वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने जानकारी दिए । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधी वितरण हुने उनको भनाइ छ ।

‘‘बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पुर्‍याउने गरी प्रावधानको प्रवन्ध गरिनु पर्छ भनेर भनिरहेका छौँ ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘त्यसैले कति सक्छौँ अरु पक्षहरुबाट पनि कोसिस गरिरहेका छौँ । अहिले यी चारवटा अस्पतालबाट व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने प्रक्रियामा अस्पतालका कार्याकारी निर्देशक र मन्त्रालयले समन्वय गर्ने र सहयोगी संस्थाहरुबाट निःशुल्क औषधी उपलब्ध गराउने स्थिति बन्यो भने व्यवस्थित हिसाबले कार्यान्वयन गर्ने अवस्था हुन्छ ।’’

स्वास्थ्य मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधी आवश्यकताका आधारमा सर्वसुलभ रुपमा वितरण गर्ने व्यवस्था मिलाउने बताए । उनले भनसुनको भरमा औषधी वितरण गर्ने नभइ सिस्सटमको आधारमा सेवा प्रवाह हुने जानकारी दिए। उनले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधीको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘‘६ वटा राष्ट्रमध्ये नेपाल एउटा परेको छ, यो पाँच वर्षका लागि भनेको छ । त्यसपछि हामीले यसलाई कसरी सस्टेन गर्ने भन्ने विषयमा पनि हामीले अहिलेदेखिनै सोचविचार गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो अनुसारको प्लानिङ पनि गछौँ ।’’
ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधी उपलब्ध गराउने भएको छ ।

संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरुको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधीको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधी हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो चरणको औषधी प्राप्त गरेको थियो । 

बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधी दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधी खरिद गरेको हो । नेपाललाई उक्त औषधी निःशुल्क उपलब्ध गराइएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending