Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एनआरएनले नागरिकता पाउने भएपछि प्रवासी नेपालीको दिपावली

\"dipawoli\"क्यालिफोर्निया । नेपालमा संविधान पारित भएको र घोषणा गर्ने कार्यक्रमसँगै अमेरिकामा रहेका नेपाली हर्षित भएका छन् । संविधानसभाले प्रवासमा रहेका नेपालीलाई समेत राजनीतिक अधिकारबाहेकको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र  सात दशक लामो सपना पूरा भएकामा अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी संविधानको स्वागत तथा खुसियालीको कार्यक्रम गर्न लागेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले हामी प्रवासी नेपालीको माग केही हदसम्म सम्बोधन हुनु स्वागतयोग्य छ भन्दै आगामी दिनमा संविधान सबैको हो भन्ने बनाउन सम्पूर्ण दललाई समेत भोलिका दिनमा मिलाएर लैजानुपर्ने बताए । संविधान जारी हुने खुसियालीमा अमेरिकाभर रहेका छब्बीस वटा च्याप्टरलाई नै स्थानीय सङ्घसंस्थासँग मिलेर दीपावाली वा कुनै प्रकारका कार्यक्रम गर्न अनुरोध गरिएको उनले बताए । प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापाले नेपाली जनताको सात दशकदेखिको चाहना पूरा हुनु, सामाजिक, आर्थिकलगायत सुविधासहितको दोहोरो नागरिकता प्रदान गरिनु, सबैले केही न केही पाएको अत्यन्तै लोकतान्त्रिक संविधान बन्नु स्वागतयोग्य भएको बताए । थापाले संविधानमा केही कमजोरी भएमा आगामी दिनमा संशोधन गर्दै जान सकिने भएको हुँदा यो खुसीको घडीमा सम्पूर्ण १२ वटा च्याप्टरलाई नै स्थानीय सङ्घसंस्थासँग मिलेर दीपावली वा अन्य कार्यक्रम गर्न अनुरोध गरिएको बताए । नेपाल–अमेरिका पत्रकार सङ्घ ९नेजा० का अध्यक्ष गौतम दाहाललेसंविधान सहमतिको दस्तावेज भएको हुँदा क्रमशः सबैका आवाजलाई समावेश गर्दै जान सकिने हुँदा देशलाई हामी सबैले मिलेर नयाँ आयाममा लैजानुपर्ने बताए । एनआरएनएका  सोनाम लामाले स्थापनाकालदेखि उठाइएको दोहोरो नागरिकताको प्रावधान पाइएकामा संविधानसभालाई धन्यवाद दिँदै न्युयोर्कमा संविधान जारी हुने दिन चियापानको कार्यक्रम राखिएको बताए । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले संविधानलाई समयानुकूल परिमार्जन गर्दै जानुपर्ने बताउँदै संविधान जारी हुने दिन सम्पूर्ण एनआरएनका पदाधिकारी र सदस्यलाई स्थानीय सङ्घसंस्थासँग सहकार्य गर्दै विविध कार्यक्रम गर्न अनुरोध गरिएको बताए  । युएस नेपाल चेम्बर अफ कमर्सका कावा सभापति सानुबाबु सिलवालले आफूहरुले नेपालको शान्ति र स्थायित्वका लागि हरपल कामना गरिरहेको र नेपालमा स्थायी शान्ति भएमा नेपाली आफूसँग भएका स्रोत साधन, अनुभव, ज्ञान, सीप, प्रविधि, शिक्षा बोकेर आफ्नै मातृभूमि फर्कन सुरु गर्ने छन् भन्ने धारणा राखे । अमेरिकाका नेपालीको पुरानो संस्था नासाका भर्खरै निर्वाचित अध्यक्ष विमल नेपालले नयाँ नेपाल निर्माणमा साथ दिन संसारभरका प्रवासी एवम् अमेरिकी नेपाली तत्पर रहेको बताए ।  नासाका नवनिर्वाचित महासचिव एवम् सञ्चारकर्मी शिव विष्टले प्रवासी नेपालीको चाहना नेपालको शान्ति र समुन्नति रहेको विचार राखे । अमेरिकामा नयाँ नेपालको संविधान घोषणा हुने दिन नेपालीको बस्ती भएका प्रायः सबै सहरमा विभिन्न सङ्घसंस्थाको आयोजनामा दीपावली कार्यक्रम गरिने थाहा भएको छ ।  न्युयोर्कलगायत ठाउँमा जनसम्पर्क समिति अमेरिका र प्रवासी मञ्च अमेरिकाले अन्य सङ्घसंस्थासँगै दीपावलीको कार्यक्रम गर्दैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending