Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी गरेका छौँ : स्वास्थ्यमन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी गरिरहेको बताएको छन ।

बिहीबार २८ औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा ऐनको ड्राफ्टको अन्तिम तयारी गरीरहेको जानकारी दिए।

उनले भने, “छुट्टै स्वास्थ्य सेवा ऐन आवश्यक रहेको ठहर गरेर ऐन बनाउन ड्राफ्ट अन्तिम चरणमा पुगेको छ । अब विज्ञसँग सुझाव लिन बाँकी रहेको छ ।”

साथै मन्त्री पौडेलले विकास समिति ऐन, औषधी ऐन लगायतका थुप्रै ऐन बन्ने तयारीमा रहेको जानकारी दिए।

मन्त्री एपौडेलले स्वास्थ्यकर्मीले काम गर्ने वातावरण बनाउने ऐन आवश्यक रहेको बताए । उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्सले दबाबमा काम नसक्ने बताउँदै स्वास्थ्य संस्थामा दबाब रहित वातावरण सिर्जना गर्न आग्रह गरे।

उनले भने, “चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन् । उहाँहरूलाई दबाब रहित वातावरण निमार्ण गरेर काम गर्ने अवसर दिनुपर्छ । आवेगमा आएर स्वास्थ्यकर्मीलाई दुःख दिएमा मानसिक रूपमा दबाब सिर्जना भएर प्रभावकारी सेवा दिन नसक्ने समस्या देखिन्छ ।”

दक्ष जनशक्ति किन बाहिर गइरहेका छन् ?भन्ने प्रश्न गर्नुहुँदै मन्त्री पौडेलले चिकित्सकको भविष्य सुनिश्चित गराउनुपर्ने बताए । चिकित्सकको सेवासुविधा पनि अरूभन्दा फरक गर्नुका साथै तह र तलब दुवैबाट पहिचान गर्न सकेमा सेवा प्रभावकारी हुने उहाँको ठहर छ । चिनचानको आधारमा काम हुने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

स्वास्थ्य सेवाका सबै कुरा ऐनले नै तोक्नुपर्ने आवश्यक रहेको मन्त्री पौडेलले जीकिर गरे । उनका अनुसार नीतिले गर्न मिल्छ गर्नैपर्छ । नीति अनुसार गर्न नमिल्ने काम गर्नु हुँदैन । स्वास्थ्य क्षेत्रमा काम भए पनि प्रभावकारी र व्यवस्थित नभएकाले चुनौती थपिएको उनको ठहर छ ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकार तीनै तहका स्वास्थ्यकर्मीको मनोबल वृद्धि गर्न लागेको जानकारी दिए । 

त्यसैगरी, कार्यक्रममा मन्त्रालयका पूर्व सचिव डा।रोशन पोखरेलले स्वास्थ्य सेवा दिने सबै संस्था एकै ठाउँमा ल्याउन सकेमात्र स्वास्थ्य सेवा प्रभावकारी हुने बताए । 

उनले छुट्टै स्वास्थ्य सेवा ऐन आवश्यक रहेको बताउँदै छिट्टै ओएनएम सर्वे गरेर स्वास्थ्य क्षेत्रको दरबन्दी परिपूर्ती गर्न आवश्यक रहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending