काठमाडौँ । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रममा सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए।
“हुस्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोधसमेत गरेका थियौँ”, उनले भने, “हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।”
दाहालले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने उल्लेख गर्नुभयो । महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १३:५१
भारतमा अमेरिका–इजरायल र इरानबीच बढेको युद्ध तनावले मध्यपूर्व क्षेत्र प्रभावित भएपछि त्यसको असर भारतीय घरेलु ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी महार...
फाल्गुन २६ गते, २०८२ - १३:४४
काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौ...
फाल्गुन २६ गते, २०८२ - १३:३३
रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरी...
फाल्गुन २६ गते, २०८२ - १३:२१
डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्र...
फाल्गुन २६ गते, २०८२ - १३:०६
काठमाडौँ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार ...
फाल्गुन २६ गते, २०८२ - १२:४३
टीकापुर। इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ । सोमबार राति करिब ११ बजेतिर क...
फाल्गुन २६ गते, २०८२ - १२:३१
काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले २१ फागुनमा सम्पन्न निर्वाचनबाट भारी जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...
फाल्गुन २६ गते, २०८२ - १२:०६
तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...
फाल्गुन २६ गते, २०८२ - ११:३३
खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...
फाल्गुन २६ गते, २०८२ - ११:१५
तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...



प्रतिकृया लेख्नुहोस्: