Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

दूध बेचेर मासिक एक लाखसम्म जोगाउँछन् नन्दलाल

गलकोट (बागलुङ) १८ फागुन पशुपालनबाट मासिक लाख बचत बागलुङ नगरपालिका–४, आमबोटस्थित सापकोटा गाईभैँसी फार्ममा व्यावसायिक रुपमा नन्दलाल सापकोटाले पालेका भैँसी । ४२ गाई तथा भैँसीबाट दैनिक १६० लिटर दूध उत्पादन हुँदै आएको र दूधबाट मासिक रु एक लाख बचत हुने उनी बता
खबरडबली संवाददाता

बागलुङ । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक छन् ।

बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन् ।

निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लाग्नुभएका सापकोटा बनेका छन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गरेको दूध आफैँ बजारीकरण गर्दै आएका छन् ।

‘भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, विसं २०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित रु एक करोड लगानी पुगिसक्यो’, उनले भने, ‘निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।’

व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आएका छन् । उनको फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाए । उनका दुईवटा ठूला गोठमा गाईभैँसी छन् । दैनिक एक सय ६० लिटर दूध उत्पादनपश्चात बजारीकरण गर्दै आउनुभएका सापकोटा मासिक रु पाँचदेखि छ लाखसम्मको आम्दानी र मासिक रु एक लाखसम्म बचत गर्दै आएको बताउँछन् ।

पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उनको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ ।

‘दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फार्मबाटै बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पुर्याउँदै आएका छौँ, मैले ड्राइ सिजनमा बढी दूध बिक्री गर्दै आएको छु”, सापकोटाले भने, ‘भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रूपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजनामार्फत विसं २०७३ मा १० लाख अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिएँ, निरन्तरता भएमा सहयोग पनि आउँछ, पछिल्लो समय फार्म स्थापनाका लागि गरिएका राज्यका प्रोत्साहनले किसान हौसिए पनि टिक्न नसकेको पाइयो ।’

उनले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताए । उनले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताए। अहिले बजारमा दूधको मूल्य रु एक सय २० प्रतिलिटर छ । उनी रोजगारीका सिलसिलामा १० वर्ष भारतको मेघालयमा समेत गएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending