काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
आज सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक विशेस कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, 'भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौँतापत्रको लक्ष्य रहेको छ ।'
भारत गणराज्य सरकार र नेपाल सरकार दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ गर्ने आकाङ्क्षा राख्दै, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयासहरू तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य राखिएको उक्त सम्झौँतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौतामा भूमिगतपानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौँताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तब, भारतसरकारको जलशक्ति मन्त्रालयका सचिव द्धय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । शनिबार भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नु भएका मन्त्री यादव भोली मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...
फाल्गुन २६ गते, २०८२ - १६:५४
काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...
फाल्गुन २६ गते, २०८२ - १६:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...
फाल्गुन २६ गते, २०८२ - १६:३४
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...
फाल्गुन २६ गते, २०८२ - १६:२७
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...
फाल्गुन २६ गते, २०८२ - १५:५६
सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...
फाल्गुन २६ गते, २०८२ - १५:४१
रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...
फाल्गुन २६ गते, २०८२ - १५:१७
काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...
फाल्गुन २६ गते, २०८२ - १५:००
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...



प्रतिकृया लेख्नुहोस्: