Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मूल रुपमा खुशी छु, आशिंक रुपमा अझै पनि नाचगान गर्ने बेला भइसकेको छैन : भट्टराई

यो संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, म यसबाट सन्तुष्ट छु । मेरो एउटै मात्र आग्रह के हो भने हाम्रा सबै क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरुलाई पनि समेटेर लानुपर्छ । उहाँहरुको पनि संविधानमा स्वामित्व भएन भने भोलि विग्रहको विऊ रोपिन सक्छ । यो बारेमा चाहिँ मैलै अझै पनि सतर्क गराउन चाहन्छु ।
\"Dhurmus-Suntaliअसोज । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिलेको संविधान निर्माणको काम सम्पन्न भएकोमा आफू मूल रुपमा खुशी भएको स्पष्ट गर्दै आशिंक रुपमा चाहिँ अझै पनि नाचगान गर्ने बेला भइसकेको छैन भन्नुभएको छ । ‘पहिलो संविधानसभाबाट संविधान बनाउन नसके पनि त्यसबाट पाठ सिक्दै दोस्रो संविधानसभाबाट हामीले संविधान बनाएका छौं । हिजो (शुक्रबार) सम्पूर्ण काम सम्पन्न भएको छ र भोलि (आइतबार) औपचारिक ढंगले जारी हुन्छ । यो नेपाली युगीन परिवर्तनको संघार भएको हुनाले यसमा मलाई अत्यन्त गर्व र खुशीको अनुभुति छ’, काभ्रे पाँचखालको पहरीगाउँमा हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा बनेको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता भट्टराईले भन्नुभयो – ‘तर यसको सँगसँगै म के पनि जोड्न चाहन्छु भने नेपालको एउटा ठूलो हिस्सा तराई–मधेश, थारु र जनजातिका कैयौं मुद्दाहरु सम्बोधन नभएको हुनाले त्यहाँ अहिले पनि असन्तुष्टि कायम छ । खासगरी तराई–मधेश अत्यन्त संवेदनशील क्षेत्र पनि हो । त्यहाँका जनतालाई पनि विश्वासमा लिएर हामीले संविधान बनाउन सक्नुपर्‍थ्यो तर त्यो गर्न सकेनौं । त्यसले गर्दा जुन असन्तुष्टि छ त्यो असन्तुष्टिलाई पनि छिटो सम्बोधन गर्‍यौं भने साँच्चै नै दिपावली गर्न लायक अवस्था आउँछ । अहिले नै बढी नाचगान गर्नु भन्दा पनि यसलाई सकारात्मक ढंगले लिँदै हाम्रा देशका सबै दाजुभाइ–दिदीबहिनीहरुको समर्थन जुटाएर सबैमा खुशीयाली आउने ढंगले लानुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले म मूल रुपमा खुशी छु तर आशिंक रुपमा चाहिँ अझै पनि नाचगान गर्ने बेला भइसकेको छैन भन्ने मेरो धारणा हो ।’ संविधानसभा २००७ सालमा पहिलो चोटि नेपालको राजनीतिक परिदृश्यमा आए पनि २०१४ सालपछि राजा महेन्द्रले अपहरण गरेको, पछि कांग्रेस र कम्युनिष्टहरु दुबैले त्यो एजेण्डालाई छोडेको उल्लेख गर्दै उहाँले २०४६ सालको जनआन्दोलनपछि आफूहरुले संविधानसभाको निर्वाचनको मुद्दा उठाए पनि त्यतिबेला आवाज त्यति ठूलो हुन नसकेको बताउनुभयो । त्यतिबेला पनि उही मनोनित आयोगले संविधान बनाएको प्रसँग उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘पछि हामीले नै माओवादीको तर्फबाट र माओवादीभित्र पनि मैले नै अलि जोडबलका साथ उठाएर संविधानसभा चाहिँ राष्ट्रिय एजेण्डा बन्यो । अहिले संविधानसभाबाट संविधान निर्माण भएको छ । मुख्य रुपमा त मलाई खुशी र गर्वकै अनुभुति छ ।’ पछिल्लो समयमा आफूमाथि लागेका विभिन्न आरोपहरुप्रति नेता भट्टराईले भन्नुभयो – ‘इतिहासमा पनि काजी भीम मल्लदेखि लिएर भीमसेन थापा, बहादुर शाहदेखि लिएर जसले देशको निम्ति काम गरे तिनको बदनाम गरेर भौतिक ढंगले नै सफाया गर्ने हाम्रो प्रचलन नै हो । अलि सही विचार ल्याउँछ, दूरदर्शीपूर्ण कुरा राख्छ भने त्यसमा आहारिस र डाहा गर्ने र त्यसलाई वैचारिक ढंगले नसकेपछि मनगढन्ते फत्तुर लगाएर जनतामा भ्रम छर्ने काजी भीम मल्लदेखिको नै रोग हो । त्यसबाट मुक्त हुन नसक्नु हाम्रो राजनीतिक क्षेत्र र जनताको निम्ति बडो दूर्भाग्यको कुरा भएको छ ।’ आफू सभापति रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले नै सबै कुरा टुंगो लगाएको, पछि आफ्नै नेतृत्वमा सबै दलका शीर्ष नेताहरु रहेको विशेष समितिले नै बाँकी रहेको सबै कुराको अन्तिम टुंगो लगाएको कुरा ‘रेकर्डेड’ हुँदाहुँदै यस्तो कुरालाई समेत बंग्याएर बाबुरामको संविधान निर्माणमा भूमिका भएन भन्नु भ्रमपूर्ण प्रचार मात्रै रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘खालि तराई–मधेश, थारु र मगर क्षेत्रका जनताहरु अलिकति बेखुशी हुनुहुन्छ, त्यसैले उहाँहरुलाई सम्बोधन गरौं भनेको आधारमा बाबुरामले संविधानको विरोध गर्‍यो, बन्न दिएन, अझ विदेशीको गोटी बन्यो भन्ने जुन प्रचार गरियो त्यो त संविधानसभाका विरोधीहरुको प्रचार हो’, उहाँले भन्नुभयो – ‘संविधानसभाबाट संविधान बन्न लाग्दा सायद उहाँहरुलाई छटपटि भएको छ । यो संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, म यसबाट सन्तुष्ट छु । मेरो एउटै मात्र आग्रह के हो भने हाम्रा सबै क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरुलाई पनि समेटेर लानुपर्छ । उहाँहरुको पनि संविधानमा स्वामित्व भएन भने भोलि विग्रहको विऊ रोपिन सक्छ । यो बारेमा चाहिँ मैलै अझै पनि सतर्क गराउन चाहन्छु ।’ आफू घरभित्र मिल्न सकिएन भने छिमेकीले खेल्न सक्ने उल्लेख गर्दै उहाँले त्यस्तो मौका नै बन्न दिनु नहुने बताउनुभयो । अबको मुख्य काम नवनिर्माण र पुन:निर्माणको पहरी गाउँमा निर्माणको भएको २० घर रहेको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीको अवलोकनपश्चात नेता भट्टराईले अबको काम राष्ट्रिय नवनिर्माण र पुन:निर्माणको भएको बताउनुभयो । ‘प्राकृतिक विपत्तीलाई मानवीय शक्तिको प्रयोगद्वारा नयाँ निर्माणको अवसरमा परिणत गर्नुपर्छ भन्ने सोंच राख्दै आएका हौं । यो विषयमा मैले आफ्नो ठाउँबाट व्यवस्थापिका संसद्मा र बाहिर पनि आवाज उठाएँ । सरकारले पनि प्राधिकरणमार्फत काम अगाडि बढाउने त भन्यो तर हामी संविधान निर्माणको काममा अल्झियौं, उहाले भन्नुभयो – हिजो मात्रै औपचारिक ढंगले संविधान निर्माणको काम सकिएको छ । राष्ट्रपतिबाट सार्वजनिकीकरणको काम मात्रै बाँकी छ र त्यो काम भोलि हुन्छ । त्यसैले अबको हाम्रो मुख्य काम भनेको देशको नवनिर्माण र पुन:निर्माण नै हो ।’ कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले आफ्नो कलाको क्षेत्रबाट अलि माथि उठेर राष्ट्रिय दायित्वको रुपमा बहन गर्दै गरेको नमुना एकीकृत बस्ती निर्माण अत्यन्त प्रशंसनीय भएको पनि उहाँले बताउनुभयो । आर्किटेक्ट प्लानर पनि हुनुको नाताले र उहाँहरुको कामबाट पनि प्रभावित भएको हुनाले आफू बस्ती हेर्न आएको नेता भट्टराईले बताउनुभयो । अहिले सबै दलका नेताहरुसँग सल्लाह गरेर संसद्मा विधेयक प्रस्तुत भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘अहिले हामीसँग पनि सल्लाह गरेर अघि बढाइएको छ । अझै पूर्ण रुपमा सन्तुष्ट हुने खालको त छैन, तैपनि मूलरुपमा सच्याएर नयाँ विधेयक बनाएर व्यवस्थापिका संसद्मा प्रस्तुत भएको छ । त्यो जारी भइसकेपछि त्यसको काम अघि बढ्ला । अर्कोपट्टि संविधान निर्माणको काममा नै हामी सबैको ध्यान गएको थियो, संविधान निर्माणपछि अब हाम्रो ध्यान राष्ट्रिय नवनिर्माण र पुन:निर्माणतिरै लानुपर्छ ।’ ‘बस्तीहरु अर्थनीतिसँग जोडिएका हुन्छन् । हिजोको हाम्रो आर्थिक नीति निर्वाहमुखी खेतीपाती प्रणालीमा आधारित थियो । त्यसैले एउटै मान्छेले खेतीपाती पनि गर्ने, पशुपालन पनि गर्ने र आफ्नो घर पनि त्यसको निम्ति छुट्टै बनाउनुपर्ने हुँदा हाम्रा बस्तीहरु धेरै छरिएका थिए । त्यसले गर्दा सेवा–सुविधा पुर्‍याउन गाह्रो पनि हुन्थ्यो’, उहाँले भन्नुभयो – ‘अब हामी नयाँ औद्योगिक युगतिर प्रवेश गर्दैछौं भने बस्तीहरु छरिएर होइन एकीकृत ढंगले निर्माण गर्नुपर्छ, सेवासुविधा एक ठाउँमा केन्द्रित गर्नुपर्छ ।’ राज्यले पहिले नै नीति निर्माण गर्ने, योजनाहरु बनाइदिने, साधन–स्रोत परिचालन र त्यसको व्यवस्थापनको उपयुक्त वातावरण र नीति निर्माण गरिदिने र नीजि क्षेत्र र नागरिकहरुको पनि सहयोग जुटाएर नवनिर्माण/पुन:निर्माणको अभियानलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘नागरिक क्षेत्रबाट गरिने काम त पुरक काम हो । सरकारले नै पहिले मोडेल बनाएर त्यो ढंगले अरुले काम गर्ने हुनुपर्दथ्यो तर हामीकहाँ उल्टो भइराखेको छ’, नेता भट्टराईले भन्नुभयो – ‘अब यसको नेतृत्व सरकारले नै गर्नुपर्छ । राज्यले नीति बनाइदिने र निजी क्षेत्रले त्यसअनुरुप यस्ता बस्तीहरुको निर्माण गर्नु उपयुक्त हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies