वासिङ्टन । अस्तव्यस्त अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर सन् २०२१ को घातक आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक कार्यकर्तालाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताएको छन।
सन् २०२१ अगस्ट २६ मा अफगानिस्तानबाट भाग्ने प्रयास गर्दा बमवर्षकले खचाखच भरिएको भिडको बीचमा एउटा उपकरण विस्फोट गरेको थियो ।
विस्फोटमा सुरक्षा परिधिमा रहेका करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिक मारिएका थिए ।
सन् २०२३ अप्रिलमा ह्वाइट हाउसले अफगानिस्तानको नयाँ तालिबान सरकारले गरेको कारबाहीमा आक्रमणको षड्यन्त्रमा संलग्न इस्लामिक स्टेटका एक अधिकारी मारिएको घोषणा गरेको थियो ।
मङ्गलबार दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि काङ्ग्रेसलाई आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतङ्ककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा गरे।
“र उ अहिले अमेरिकी न्यायको तीव्र तरवारको सामना गर्न यहाँ आउँदै छ”, उनले आफ्ना पूर्ववर्ती जो बाइडेनको ‘अफगानिस्तानबाट विनाशकारी र अयोग्य फिर्ती’ प्रति कटाक्ष गर्दै भने ।
उनले पाकिस्तानलाई ‘यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकामा’ धन्यवाद दिए तर सन्दिग्ध वा पक्राउ कारबाहीको कुनै विवरण दिएनन ।
अमेरिकी समाचार प्लेटफर्म एक्सियोसको एक रिपोर्टले संदिग्धलाई जाफर पनि भनेर चिनिने अफगानिस्तान र पाकिस्तानमा इस्लामिक स्टेट शाखाका नेता मोहम्मद सरिफुल्लाह भनेर पहिचान गरेको छ ।
दुई अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले सरिफुल्लाहलाई पाकिस्तानबाट संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने प्रक्रियामा रहेको र बुधबार आइपुग्ने अपेक्षा गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: