Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युग परिवर्तनको स्वर्णिम दिन आज

काठमाडौँ । संविधान घोषणासँगै शान्ति, समृद्धि र अग्रगामी विकासको यात्रामा मुलुकलाई अग्रसर गराउने आजको ऐतिहासिक दिनले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको यात्रा थाल्दैछ र लामो राजनीतिक सङ्क्रमणको अन्त्य पनि हुँदैछ ।   सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानसभाबाट आज अपराह्न औपचारिक घोषणासँगै लागू हुने ‘नेपालको संविधान, २०७२ ’ले मुलुकको राजनीतिक स्थायित्व र विकासको यात्रालाई नयाँ युगतर्फ डो¥याउनेछ ।   सार्वभौमसत्तासम्पन्न नेपाली जनताका प्रतिनिधिले बनाएको संविधान प्राप्तिको झन्डै सात दशकदेखिको चाहना पूरा हुन लागेको आजको ऐतिहासिक दिनले शान्ति, अग्रगमन र विकासप्रेमी नेपालीलाई हर्षित मात्र तुल्याएको छैन सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गरेको छ ।   गत बुधबारको संविधानसभाले नेपालको संविधान, २०७२ लाई २५ का विरुद्ध ५०७ मतले अनुमोदन गरेपछि संविधानप्रतिका शङ्का–उपशङ्कालाई चिर्दै जनसंविधान घोषणाको आजको मिति निर्धारण भएको हो । नयाँ संविधान प्राप्तिको आठ वर्ष लामो प्रसव पीडाको अन्त्यसँगै र अघिल्लो संविधानसभाको अवसान अब इतिहास गर्तमा पुगेको छ र राष्ट्रपतिबाट संविधान जारी हुनेबित्तिकै नेपाली जनता साँचो अर्थमा सार्वभौम हुनेछन् ।   जहानिया राणा शासनको अन्त्यसँगै नेपाली जनताले आफूले चयन गरेका प्रतिनिधिबाट संविधान बनाउने सपना देखे पनि त्यसले मूर्तरुप लिन करिब ७० वर्ष लागेको जगजाहेर छ । पारिवारिक राणा शासन, तीसवर्षे पञ्चायतकाल, जनआन्दोलन २०४६ र त्यसले स्थापित गरेको प्रजातान्त्रिक पद्धतिले जनआकाङ्क्षा पूरा नभएपछि २०६२/६३ को अर्को आन्दोलनले ल्याएको युगीन परिवर्तनलाई अन्ततः पूर्ण रुपमा आजैदेखि संस्थागत गर्न पाउनु देश र देशवासीका निम्ति गौरव र गरिमाको विषय हो ।   वीर सहिद, जनसंविधानका लागि तत्कालीन माओवादीले गरेको १० वर्षे जनयुद्ध र त्यसमा ज्यान गुमाएका १५ हजार बढी नेपाली, मधेस आन्दोलन र त्यसयता भएका संविधान प्राप्तिका सङ्घर्षलाई पछिल्लो कुनै नेपालीले बिर्सेका छैनन् भने जननायक बिपी कोइराला, सुवर्णशम्शेर, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला आदिलाई पनि उत्तिकै श्रद्धाका साथ सम्झिरहेका छन् ।   बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता हुँदै तय भएको संविधानसभाको सकसपूर्ण यात्रालाई अविराम अघि बढाएर गन्तव्यमा पु¥याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल मात्र होइन, संविधान लेखनमा सघाउने सबैलाई सम्झनैपर्छ । संविधान निर्माणमा दत्तचित्त भएर उहाँहरुले गर्नुभएको योगदानको नेपाली जनताले उच्च मूल्याङ्कन गर्नेछन् ।   लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, मानवअधिकार, स्वतन्त्रता, समावेशी, जनसहभागितामूलक व्यवस्थालगायत विषय समेटिएको संविधानलाई संविधान क्षेत्रका जानकारले उत्कृष्ट भनेका छन् । लोकतान्त्रिक विधिबाट बनाइएको संविधानको अन्तर्राष्ट्रिय समुदायले पनि मुक्त कण्ठले प्रशंसा गरेका छन् । छिमेकी मुलुक भारत र चीनका साथै संयुक्त राष्ट्र सङ्घ, नेपालको विकासका साझेदार अमेरिका, बेलायत, जापान र युरोपेली सङ्घले संविधानसभाले संविधानको विधेयक पारित गरेकामा स्वागत गर्दै लोकतान्त्रिक नेपाललाई निरन्तरण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   मुलुकको सार्वभौम संविधानसभाले जारी गर्ने संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, त्यसप्रति असन्तुष्ट दल र समूहले राष्ट्रिय हितलाई सर्वोपरि ठानेर संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ । संविधान जारी भएसँगै व्यवस्थापिका¬—संसद्मा रुपान्तरण हुने संविधानसभाले संविधान संशोधन गर्न सक्ने भएकाले असन्तुष्ट समूहले ‘मेरो गोरुको बाह्रै टक्का’को अडान त्यागेर वार्ताबाटै समाधान खोजेर आफूहरू शान्ति, संविधान र विकासका पक्षमा रहेको सन्देश प्रवाह गर्नैपर्छ ।   भूकम्पबाट तहसनहस भएका भौतिक पूर्वाधारको मर्मतसम्भार, नवनिर्माण एवम् पुनःनिर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्ने भएकाले नवीन सोच र उत्साहका साथ समस्त नेपाली नागरिकले आ¬आफ्नो स्थानबाट इमानदारीपूर्वक भूमिका निर्वाह गर्न चुक्नु हुँदैन । संविधान जारी हुने आजको सुदिनमा सबैमा यस्तै सन्देश सञ्चार गर्दै देशलाई उन्नतिको मार्गमा अग्रसर गराउनु हामी सबैको कर्तव्य हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending