म्याग्दी । बेनी नगरपालिका ९ घतानको तोरीपानी सहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिना देखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । केन्द्रमा खटाइएका अहेब तपेन्द्रबहादुर थापा कार्यालयमा उपस्थित नभएपछि केन्द्र बन्द भएको हो ।
बेनी नगरपालिकाले तोरीपानी, ढोल्ठान तथा धुपीबोट क्षेत्रका बासिन्दाको सुविधाका लागि भनेर सुरु गरेको उक्त स्वास्थ्य केन्द्र दुई महिनादेखि बन्द छ । स्थानीय युवा बाबुराम चोखालका अनुसार त्यस क्षेत्रका सय घर भन्दा धेरैका बासिन्दाहरूले प्रत्यक्ष सेवा पाउने उक्त केन्द्र बन्द हुँदा लामो बाटो हिँडेरै सेवा लिन पुग्नु पर्ने भएको छ । ग्रामीण भेकमा अचेल जेष्ठ नागरिकहरु धेरै हुने र नजिकै भएको स्वास्थ्य केन्द्र बन्द हुँदा उनीहरूलाई स्वास्थ्य सम्बन्धी सेवा लिनका लागि टाढा पुग्नु पर्ने बाध्यता सृजना भएको चोखालको भनाई छ ।
बेनी नगरपालिका ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले स्वास्थ्य केन्द्रका कर्मचारी उपस्थित नभएको स्वीकार गरे । सम्बन्धित क्षेत्रमा खटाइएको कर्मचारीलाई बुझ्दा उनी लामो समय देखि केन्द्रमा नगएको र सेवा बन्द रहेको जानकारी पाएको बताए ।
बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले सहरी स्वास्थ्य केन्द्रमा मङ्सिर भन्दा अगाडी करारका कर्मचारी मंगला गाउँपालिका २ का लेखनाथ गौतमले काम गर्दा सेवा प्रवाह राम्रो भए पनि अहिले स्थायी दरबन्दीका तपेन्द्रबहादुर थापा आए पछि बन्द भएको रहेछ त्यो पनि ढिला गरी थाहा पाएको बताए ।
वडा अध्यक्ष केसीले चाँडै नै सर्वपक्षीय बैठक राखेर सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदी सहितको टोली सम्बन्धित स्थानमै पुगेर समस्या समाधानको प्रयास गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - २१:३०
काठमाडाैं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधि...
चैत्र १० गते, २०८१ - १६:१४
काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...
चैत्र १० गते, २०८१ - १६:०९
काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...
चैत्र १० गते, २०८१ - १६:०६
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...
चैत्र १० गते, २०८१ - १६:०५
काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...
चैत्र १० गते, २०८१ - १६:०३
काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...
चैत्र १० गते, २०८१ - १५:५८
धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...
चैत्र १० गते, २०८१ - १४:३९
विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...
चैत्र १० गते, २०८१ - १४:०८
काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...
चैत्र १० गते, २०८१ - १३:२९
काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...
प्रतिकृया लेख्नुहोस्: