काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
अध्यक्ष थापाले आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले बताए ।
उनका अनुसार बैठकमा सोमबार घोषणा भएको ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे छलफल हुनेछ । उक्त समितिको निर्देशक समितिमा कमल थापालाई पनि राखिएको छ ।
तर, सो समितिमा आफू रहेको बारे जानकारी नभएको थापाले बताएका छन् । सो समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बर्तौलाले बताए ।
प्रतिकृया लेख्नुहोस्: