Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

ट्रम्प-पुटिनबीच वार्ता: रुसले युक्रेनका उर्जा संरचनामा ३० दिनसम्म हमला नगर्ने, मस्कोतिर ध्यान

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता समाप्त भएको ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सिबिएसलाई बताएका छन्।

अधिकारीहरूका अनुसार दुई राष्ट्रपतिबीच ९० मिनेट जति कुराकानी भएको थियो। डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्तापछि दुवै पक्षबाट कुराकानी भएका विषयका बारे जानकारीहरू आइरहेका छन्।

क्रेमलिनको वक्तव्यमा भनिएको छः

पुटिन युक्रेन र रुसले आगामी ३० दिनका लागि उर्जा संरचनाहरूमा आक्रमण नगर्ने भन्ने ट्रम्पको प्रस्तावलाई समर्थन गर्दछन्।

मार्च १९ मा रुस र युक्रेनले १७५ जना युद्धबन्दीहरू आदानप्रदान गर्नेछन् र गम्भीर चोट लागेर रुसमा उपचार भैरहेका २३ जना युक्रेनी सैनिकहरूलाई पनि स्थानान्तर गरिनेछ।

३० दिने युद्ध विरामको अवधिमा युक्रेनले थप सैन्य परिचालन गर्ने र पुनः हतियार प्राप्त गर्ने कार्य रोक्नु पर्ने माग गरेको छ।

वार्तापछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिका केही प्रमुख बुँदा यस्ता छन्ः

ट्रम्प र पुटिनबीच युक्रेन युद्धमा अब "शान्तिको आवश्यकता र युद्धविराम" का विषयमा कुराकानी भयो र युद्धको अन्त्य "दिगो शान्ति" सहित हुनु पर्नेमा सहमति भयो।

दुवैजनाले अमेरिकी रुस सम्बन्धमा सुधार हुनु पर्ने आवश्यकतामा पनि जोड दिए।

दुवै नेताबीच "शान्ति हासिल गर्ने गतिविधि तर्फको बाटो" उर्जा र पूर्वधारका संरचनाहरूमा युद्धविरामबाट आरम्भ हुने कुरामा सहमति भयो। साथै ब्ल्याक सीमा समुद्री आवागमनमा पनि युद्धविराम लागु गर्ने वार्ता पनि सुरु हुनु पर्ने सहमित भयो।

दुवै राष्ट्रपतिबीच मध्यपूर्वको विषयमा पनि त्यस क्षेत्र "भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्नका लागि सम्भावित सहकार्यको क्षेत्र" भएको भन्नेमा पनि कुराकानी भयो।

"रणनीतिक अस्त्रहरूको विस्तारलाई रोक्नु पर्ने " आवश्यकताका बारेमा पनि छलफल भयो।

र दुवै नेताले "इजरेललाई नष्ट गर्नसक्ने अवस्थामा इरानलाई कहिल्यै पनि पुग्न दिन नहुने साझा धारणा" पनि बन्यो।

ज्यानुअरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताहरूबीच थाहा भएको यो दोस्रो कुराकानी हो।

संवादअघि ट्रम्पले आफ्नो सोसल मिडियामा 'अब युद्ध रोकिनैपर्ने' लेखेका क्रेम्लिनका प्रवक्ताले संवादको विषय द्विपक्षीय सम्बन्धको सामान्यीकरण र युक्रेन मामिलाको समाधानमा केन्द्रीत हुने बताएका थिए।

उनले दुई नेताले आवश्यकता महसुस गरुन्जेल संवाद गर्ने बताएका थिए।

मस्कोतिर ध्यान

अमेरिकी र रुसी नेताबीच वासिङ्टनले प्रस्ताव गरेको युक्रेन युद्धमा ३० दिने युद्धविरामलाई लिएर उक्त छलफल तय गरिएको थियो।

युद्धविरामसम्बन्धी उक्त प्रस्तावमा गत साता किएभ सहमत भए पनि मस्कोको पूर्ण जबाफ आउन बाँकी थियो। क्रेम्लिनले खास के कुरामा दुई राष्ट्रपतिबीच कुरा हुने भनेर प्रतिक्रिया जनाउन अस्वीकार गर्दै आएको थियो।

आइतवार अमेरिकी राष्ट्रपतिले पत्रकारहरूसँग कुरा गर्दै युक्रेनको भूमि र ऊर्जा प्लान्टसहितका 'केही निश्चित सम्पत्तिहरू भाग लगाउने'बारे कुरा गर्ने बताएका थिए। तर सम्पत्तिको भाग लगाउने भनेको के हो भन्ने ह्वाइटहाउसले प्रस्ट पारेको छैन।

यूएसन्यूज वेबसाइटले सन् २०१४ मा युक्रेनबाट कब्जा गरेको क्राइमियालाई ट्रम्प प्रशासनले रुसी क्षेत्रको रूपमा मान्यता दिने विचार गरिरहेको उल्लेख छ। तर त्यसको पुष्टि गरिएको छैन।

यसअघि मङ्गलवार पुटिनले मस्कोमा उद्योगपति र उद्यमीहरूको बैठकमा रुसमाथि पश्चिमा प्रतिबन्धहरूको विरोध गरेका थिए। युक्रेनले चाहिँ रुसले साँच्चिकै शान्ति चाहेको भए त्यो देखाउन नि:सर्त ३० दिने युद्धविराममा सहमत हुनुपर्ने बताउँदै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending