Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

ट्रम्प-पुटिनबीच वार्ता: रुसले युक्रेनका उर्जा संरचनामा ३० दिनसम्म हमला नगर्ने, मस्कोतिर ध्यान

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता समाप्त भएको ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सिबिएसलाई बताएका छन्।

अधिकारीहरूका अनुसार दुई राष्ट्रपतिबीच ९० मिनेट जति कुराकानी भएको थियो। डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्तापछि दुवै पक्षबाट कुराकानी भएका विषयका बारे जानकारीहरू आइरहेका छन्।

क्रेमलिनको वक्तव्यमा भनिएको छः

पुटिन युक्रेन र रुसले आगामी ३० दिनका लागि उर्जा संरचनाहरूमा आक्रमण नगर्ने भन्ने ट्रम्पको प्रस्तावलाई समर्थन गर्दछन्।

मार्च १९ मा रुस र युक्रेनले १७५ जना युद्धबन्दीहरू आदानप्रदान गर्नेछन् र गम्भीर चोट लागेर रुसमा उपचार भैरहेका २३ जना युक्रेनी सैनिकहरूलाई पनि स्थानान्तर गरिनेछ।

३० दिने युद्ध विरामको अवधिमा युक्रेनले थप सैन्य परिचालन गर्ने र पुनः हतियार प्राप्त गर्ने कार्य रोक्नु पर्ने माग गरेको छ।

वार्तापछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिका केही प्रमुख बुँदा यस्ता छन्ः

ट्रम्प र पुटिनबीच युक्रेन युद्धमा अब "शान्तिको आवश्यकता र युद्धविराम" का विषयमा कुराकानी भयो र युद्धको अन्त्य "दिगो शान्ति" सहित हुनु पर्नेमा सहमति भयो।

दुवैजनाले अमेरिकी रुस सम्बन्धमा सुधार हुनु पर्ने आवश्यकतामा पनि जोड दिए।

दुवै नेताबीच "शान्ति हासिल गर्ने गतिविधि तर्फको बाटो" उर्जा र पूर्वधारका संरचनाहरूमा युद्धविरामबाट आरम्भ हुने कुरामा सहमति भयो। साथै ब्ल्याक सीमा समुद्री आवागमनमा पनि युद्धविराम लागु गर्ने वार्ता पनि सुरु हुनु पर्ने सहमित भयो।

दुवै राष्ट्रपतिबीच मध्यपूर्वको विषयमा पनि त्यस क्षेत्र "भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्नका लागि सम्भावित सहकार्यको क्षेत्र" भएको भन्नेमा पनि कुराकानी भयो।

"रणनीतिक अस्त्रहरूको विस्तारलाई रोक्नु पर्ने " आवश्यकताका बारेमा पनि छलफल भयो।

र दुवै नेताले "इजरेललाई नष्ट गर्नसक्ने अवस्थामा इरानलाई कहिल्यै पनि पुग्न दिन नहुने साझा धारणा" पनि बन्यो।

ज्यानुअरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताहरूबीच थाहा भएको यो दोस्रो कुराकानी हो।

संवादअघि ट्रम्पले आफ्नो सोसल मिडियामा 'अब युद्ध रोकिनैपर्ने' लेखेका क्रेम्लिनका प्रवक्ताले संवादको विषय द्विपक्षीय सम्बन्धको सामान्यीकरण र युक्रेन मामिलाको समाधानमा केन्द्रीत हुने बताएका थिए।

उनले दुई नेताले आवश्यकता महसुस गरुन्जेल संवाद गर्ने बताएका थिए।

मस्कोतिर ध्यान

अमेरिकी र रुसी नेताबीच वासिङ्टनले प्रस्ताव गरेको युक्रेन युद्धमा ३० दिने युद्धविरामलाई लिएर उक्त छलफल तय गरिएको थियो।

युद्धविरामसम्बन्धी उक्त प्रस्तावमा गत साता किएभ सहमत भए पनि मस्कोको पूर्ण जबाफ आउन बाँकी थियो। क्रेम्लिनले खास के कुरामा दुई राष्ट्रपतिबीच कुरा हुने भनेर प्रतिक्रिया जनाउन अस्वीकार गर्दै आएको थियो।

आइतवार अमेरिकी राष्ट्रपतिले पत्रकारहरूसँग कुरा गर्दै युक्रेनको भूमि र ऊर्जा प्लान्टसहितका 'केही निश्चित सम्पत्तिहरू भाग लगाउने'बारे कुरा गर्ने बताएका थिए। तर सम्पत्तिको भाग लगाउने भनेको के हो भन्ने ह्वाइटहाउसले प्रस्ट पारेको छैन।

यूएसन्यूज वेबसाइटले सन् २०१४ मा युक्रेनबाट कब्जा गरेको क्राइमियालाई ट्रम्प प्रशासनले रुसी क्षेत्रको रूपमा मान्यता दिने विचार गरिरहेको उल्लेख छ। तर त्यसको पुष्टि गरिएको छैन।

यसअघि मङ्गलवार पुटिनले मस्कोमा उद्योगपति र उद्यमीहरूको बैठकमा रुसमाथि पश्चिमा प्रतिबन्धहरूको विरोध गरेका थिए। युक्रेनले चाहिँ रुसले साँच्चिकै शान्ति चाहेको भए त्यो देखाउन नि:सर्त ३० दिने युद्धविराममा सहमत हुनुपर्ने बताउँदै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending