Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

युद्धकालिन समयमा बेपत्ता छोरो घर फर्किने आशामा ८५ वर्षीया आमा दुर्गाकुमारी

कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आउँछ कि !

खबरडबली संवाददाता

महोत्तरी  । “मेरो हृदय भन्छ, एक दिन मेरो छोरा फर्किन्छ,” उमेरले ८५ वर्ष पुगिसकेकी बर्दिबास नगरपालिका–३, पाटु की एक आमा दुर्गा कुमारीलाई छोरो फर्केर आउने आस मरिसकेको छैन । ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि । कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थेँ होला,’ गहभरि आँसु बनाउँदै दुर्गाकुमारीले भनिन्, ‘मरेको प्रमाणित भए बरु किरिया गर्थेँ ।’

२२ वर्ष अघि २०५९ साल जेठ २० गते दाजु गोविन्द कार्कीलाई भेट्न भनेर निस्केका कान्छो छोरा रामबाबु कार्की त्यस पछि अहिले सम्म घर फर्किएका छैनन् ।

युद्धकालीन सो समयमा दुर्गाकुमारीले रेडियोमा बज्दै गरेको सेना र माओवादी लडाकुबिच भिडन्त भएको र मानिसहरू मरिरहेको समाचार रेडियोबाट सुनेकी थिइन् ।२०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको आमा दुर्गाकुमारीको मानसपटलमा अझै ताजै छ ।

केही दिनअघि मात्र काठमाडौँबाट क्याम्पस बिदाको मौका पारेर घर आएका रामबाबु समाचार सकिएपछि नजिकै आएर भने, ‘आमा, म ठुलादाजुलाई भेट्न लमजुङ जान्छु ।’

रामबाबुले जेठो दाजुलाई भेट्न बेसीसहर जाने जिद्दी गर्न थाले । यति टाढा युद्धकालीन अवस्थामा लक्का जवान २२ बर्से कान्छो छोरालाई पठाउन आमाको मन पटक्कै मानेको थिएन । तर, छोराले जिद्दी गर्न थाले पछि आमा दुर्गाले भारी मन बनाउँदै पठाउन बाध्य भइन्।

’प्रतिकूल अवस्थामा दाजु गोविन्द कार्कीलाई भेट्न आमाबाबुसँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आउँदै गरेको समाचार थाहा पाएर कुरिरहेका दाजु कुरेको कुर्यै भए । भाइ न दाजुसँग पुगे, न फर्किएर घरै आए ।’ आमा दुर्गा कुमारीले भन्नुभयो ।

रामबाबुका बाबु डम्बरबहादुरलाई पनि श्रीमतीले  भनेजस्तै छोरा जिउँदै छ भन्ने आस रहेको बताउँछन् ।उनले भने, ’मेरो हृदयले भन्छ– छोरो फर्केर आउँछ,’

रामबाबु तीन दाजुभाइमा कान्छो हो । माइला दाजु मोहन कार्की रिटायर नेपाल आर्मी हुन् भने जेठा गोविन्द विद्युत् प्राधिकरणका रिटायर कर्मचारी हुन् । दुवै दाजुहरूको जागिरे भएको हुँदा रामबाबुलाई पढाइमा खासै समस्या थिएन । उनी काठमाडौँको एक क्याम्पसमा डिप्लोमा अध्ययनरत थिए।

आमा दुर्गा कुमारी भन्छिन्, ’कतिपय आफन्तले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् । तर मनले मानेको छैन’

लमजुङमा अझ सरकारी र विद्रोही पक्षबिच बेलाबेला झडप भइरहन्थ्यो । जिल्लामा कैयौँ मानिस मरेका समाचार बज्थे । त्यसैले धेरै जनाले उक्त अवस्थामा लमजुङ जाँदा रामबाबु पनि दोहोरो भिडन्तमा परेको हुन सक्ने आशङ्का गर्छन् । तर, आमाको मन न हो, दुर्गाकुमारीलाई अहिले पनि छोरा कतै जिउँदै छ भन्ने लागिरहेकै छ ।

दुर्गाकुमारी भन्छिन, ’सरकारले पनि छोराको खोजी गरिदेओस् , ‘कि सास, कि लासको यकिन गर्दिनुपर्‍यो नि ,’

छोरा फर्किने आस अझ जीवित नै रहेकोले अंशबन्डा समेत नगरेको बताउँदै उनले भनिन्, ’भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी गरे । युद्धकै अवस्थामा उनले माओवादी कमान्डरहरूसँग सम्पर्क गरेर भाइको अवस्था पत्ता लगाउन खोजे । आर्मी, प्रहरीका उच्च पदस्थहरूसँग पनि सोधखोज गरे । तर, भाइको विषयमा कतैबाट यकिन जानकारी पाएनन् । ‘जेठो र माइलोले अब भाग लगाउनुपर्छ भन्छन् । तर, म मानेकी छैन,’ उनले भनिन्, ‘कमसेकम मरे÷बाँचेको टुङ्गो त लाग्नुपर्‍यो नि !’

अहिले दुर्गाकुमारीलाई  हिँडडुल गर्न समेत गाह्रो हुन्छ लौराको सहाराले यताउता हिँडडुल गर्छिन् । उनी मात्र होइन, पति डम्बरबहादुर पनि लौराको सहाराबिना यताउता गर्न नसक्ने अवस्थामा छन्  । जेठा र माइला छोरा भिन्नै घर बनाएर बसेका छन् । यतिको उमेरमा पनि दुर्गाकुमारी आफैँ खाना पकाउँछिन् र पति–पत्नी मिलेर खान्छन् । उनले छोरो फर्किने आसले ऊर्जा आउने गरेको बताउँछिन् ।

रामबाबुका बाबु डम्बरबहादुरले भने, ’कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर  आउँछ कि।’ दुर्गाकुमारीले पनि ‘अब तपाईँहरूले समाचार छापी दिएपछि, कहीँ कतैबाट समाचार हेरेर भए पनि छोरो घर फर्किन्छ कि !’

सङ्क्रमणकालीन अवस्थामा बेपत्ता भएकाहरूको खोजी र छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेका छन् । कानुनसमेत बनिसकेको छ । तर, अझै बेपत्ता भएकाहरूको नामसमेत सूचीकृत हुन सकेको छैन । अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३ हजार २८८ वटा उजुरी दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएकामध्ये ४१४ वटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पठाइएकामा १३७ उजुरी फिर्ता आएको आयोगको अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेकाले लगत कट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्योट भएको र तामेलीमा राखिएकामध्ये ८ वटा उजुरीमा कारबाही प्रक्रिया अघि बढाइएको आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

मधेस प्रदेशमा पनि अहिलेसम्म २१५ वटा उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनका लागि १५३, प्रारम्भिक छानबिनका लागि ७ वटा, तामेलीमा राखिएका १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएका ६ वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएका ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।

तर, सूचनाको पहुँच तथा सरोकारवालाको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ, न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले दुर्गाकुमारीजस्ता सयौँ परिवारका सदस्यले रामबाबु जस्तै बेपत्ता बनेकाहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending