Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

ओली, प्रचण्ड र माधव नेपाल कम्युनिष्ट नै होइनन्ः मोहनचन्द्र अधिकारी

खबरडबली संवाददाता

रामेछाप । नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरू एक ठाउँमा आउनु पर्ने बताएका छन् ।

आइतबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै अधिकारीले कम्युनिष्ट पार्टी फुटेर देशमा समाजवादी व्यवस्थाको कल्पना गर्न नसकिने बताए । उनले सबैलाई मिल्नसमेत आग्रह गरे । ‘मेरो विनम्र अनुरोध छ–यहाँहरू मिल्नुस्, श्रमजीवी जनताको सेवा गर्नुस्,’ उनले भने ।

पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने ।

नेपालमा अहिलेसम्म सत्तामा पुगेका कुनै पनि पार्टीहरू कम्युनिष्ट पार्टी नभएको अधिकारीले धारणा राखे । उनीहरू सबै दलाल बिचौलिया भएको उनको धारणा छ । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल कोही पनि कम्युनिष्ट नभएको उनले आरोप लगाए ।

‘प्रचण्डले जनयुद्धको नाममा नेपाली जनतालाई लडाए र अन्तिममा विदेशी प्रभावमा परेर आन्दोलनलाई विसर्जन गरे,’ उनले भने । प्रचण्डलाई आफूले त्यतिबेलै सशस्त्र आन्दोलनमा नजान आग्रह गरेको भए पनि नटेरेर नेपाली जनताको रगत बगाउने काम गरेको उनको आरोप थियो ।

अधिकारीले देश बनाउने हो भने कम्युनिष्टहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षको अन्तिम दिन सु्नको मू्ल्य हालसम्मकै महँगो

काठमाडौं ।वर्षको अन्तिम दिन सु्नको मू्ल्य हालसम्मकै महँगो भएको छ ।  नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेर हालसम्मकै महँगो भएको हो । नेपाल सुनचाँद...

नयाँ वर्षमा ‘नयाँ सरकार’ बन्ने प्रचण्डको संकेत

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको स्थायित्वबारे प्रश्न उठाएका छन् । गृह जिल्ला ...

एक वर्षमा ८ हजार बढी विपद्का घटना, ७४५ जनाको मृत्यु

काठमाडौं  ।गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजा...

चुरे क्षेत्रका बस्तीमा जहिल्यै खानेपानीको समस्या

धनुषा । धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीका बासिन्दाले खानेपानीको चरम समस्या भोगिरहेका छन् । सुक्खा...

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

म्याग्दी। जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषल...

खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खे...

जनताले राजा चाहिन्छ भनेकै छैनन्, बरु राजनीतिक दलप्रति असन्तुष्टि छः झक्कुप्रसाद सुवेदी

 नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी राष्ट्रियसभाको सांसद हुन् । विसं २०३६ देखि राजनीति सुरु गरेका उनी २०६४ सालमा संविधानसभा...

यी चार प्रकारका बिमारीले सजिवन खानु हुन्न

काठमाडौं  । गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भन...

यो साता सुनकाे मूल्यमा तीव्र उकालो, नयाँ रेकर्ड कायम

काठमाडौं  । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै न...

यो साता सुनकाे मूल्यमा तीव्र उकालो, नयाँ रेकर्ड कायम

काठमाडौं  । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै न...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending