Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्ववियु निर्वाचनः कर्णालीमा अखिल (क्रान्तिकारी)को दबदबा

निर्वाचन नभएका क्याम्पसमा आफुहरुले जित्ने एमाले–कांग्रेसकाे आ–आफ्नै दाबी

खबरडबली संवाददाता

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन चुनाव अन्तर्गत कर्णालीमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अधिकांश क्याम्पसहरुमा नेतृत्व हात पार्न सफल भएको छ ।  उक्त संगठनले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पार्न सफल भएको हो । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत कर्णालीमा ३३ वटा क्याम्पस छन् । तीमध्ये ७ क्याम्पसमा विभिन्न कारण चुनाव स्थगित भएको छ । मंगलबार भएको चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीले १२, एमाले निकट अनेरास्ववियूले ८ र कांग्रेस निकट नेविसंघले ६ वटा क्याम्पसमा जित हासिल गरेका छन्  ।

अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ । सबै राजनीतिक दलहरूले प्रतिष्ठानको विषय बनेको सुर्खेत बहुमुखी क्याम्पसमा भने चुनाव हुन सकेन । यसअघि एमाले निकट विद्यार्थी संगठनले जितेको सुर्खेत बहुमुखीमा एमाले निकट विद्यार्थीहरूले नै तोडफोड गरेपछि चुनाव स्थगित भएको हो।

अखिल (क्रान्तिकार)का केन्द्रीय उपाध्यक्ष अटल आचार्यले आधार इलाकामा आफ्नो संगठनले वर्चस्व जमाउन सफल भएको बताउँछन् । ‘क्रान्तिको धार भएको प्रदेश हो, पार्टीको आधार इलाका पनि हो,’ उनले भने, ‘कतिपय ठाउँमा सर्वसम्मत तरिकाले पनि हाम्रा उम्मेदवारले जित्नुभयो ।’

एमाले निकट अनेरास्ववियुले कर्णालीमा दोस्रो स्थान हासिल गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सह–इन्चार्ज रेखा थापा कर्णालीमा एमालेले जित्ने क्याम्पसमा चुनाव हुन नसकेका कारण दोस्रो स्थान आएको बताउँछिन् ।

‘हामी पहिलो नै हो, हामीले हिजोदेखि जित्दै आइरहेका क्याम्पसमा चुनाव हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘त्यहाँ विभिन्न संगठनले केही न केही बहाना बनाएर आफू चुनाव हार्ने डरले तालाबन्दी गरेका छन् । यतिखेर हामी संख्यात्मक हिसाबले दोस्रो भए पनि समग्र कर्णालीको विषयमा हेर्ने हो पहिलो स्थानमै हुन्छौँ ।’

उनका अनुसार योभन्दा अगाडि हार व्यहोरे पनि दैलेखका तीन वटै क्याम्पस विगतदेखि अनेरास्ववियुले जित्दै आएको छ । अहिले अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेका कारण चुनाव हुन नसकेको थापाको भनाइ छ ।

कर्णालीको सबैभन्दा ठुलो क्याम्पस सुर्खेत बहुमुखीमा विभिन्न समस्याका बाबजुद चुनाव हुन सकिरहेको छैन । ‘यो पनि एउटा हाम्रो लालकिल्ला हो,’ थापा भन्छिन्, ‘जाजरकोटमा पनि एउटा क्याम्पसमा तालाबन्दी भएको छ । यदि चुनाव भयो भने हाम्रो जित हुन्छ ।’

राजनीतिक रुपमा सबैभन्दा ठुलो दल कांग्रेस भने स्ववियु निर्वाचनमा तेस्रो स्थानमा छ । कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाही नेविसंघले चुनाव जित्न सक्ने क्याम्पसमा चुनाव हुन नसकेका कारण आफ्नो पक्षमा नतिजा कम देखिएको बताउँछन् । ‘अधिकांश सामुदायिक क्याम्पसको दयनीय स्थिति हुँदा निवार्चनभन्दा पनि सहमति गरेर जाँदा परिणाम यस्तो आएको हो,’ उनले भने ।

 अखिल (क्रान्तिकारी)ले जितेका क्याम्पस

१. शीतल क्याम्पस चौरजहारी रुकुम पश्चिम—प्रकाश डाँगी
२. राडिज्युला शिक्षा क्याम्पस रुकुम पश्चिम—सुप्रिम ओली
३. सानोभेरी शिक्षा क्याम्पस रुकुम —बिरभान भण्डारी
४. सिम्रुतु शिक्षा क्याम्पस रुकुम—दिपेन्द्र ओली 
५. सूर्योदय क्याम्पस श्रीनगर हुम्ला—रीमिलाल बुढा
६. बनगाड क्याम्पस सल्यान—जीवन बिष्ट
७. लिकु संयुक्त क्याम्पस डोल्पा—राजेन्द्र गिरी  
८.. सिंजा बहुमुखी क्याम्पस जुम्ला—सन्तोष आचार्य
९. स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम—टेकराज विश्कर्मा
१०. जनकल्याण क्याम्पस सल्यान—गणेश ओली
११.जनचेतना बहुमुखी क्याम्पस कालिकोट—बसराज बोहरा
१२. फारुल्ला बहुमुखी क्याम्पस सल्यान—हिमा शर्मा

एमाले निकट अखिलले जितेका क्याम्पस
१. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत—रुद्र रावत
२. हिमशिखर क्याम्पस सुर्खेत—मिना रावत
३. शारदा क्याम्पस सल्यान—विश्व खड्का
४. अमरदीप क्याम्पस सुर्खेत—विशाल रावत
५. जुम्ला बहुमुखी क्याम्पस जुम्ला— लोकेन्द्र बुढा
६. सल्यान बहुमुखी क्याम्पस सल्यान—विशाल पुन मगर
७. हिमज्योति बहुमुखी क्याम्पस हुम्ला— जयराज सञ्ज्याल
८. डोल्पो क्याम्पस डोल्पा—गोकर्ण बुढाथोकी

कांग्रेस निकट नेविसंघले जितेका क्याम्पसहरू

१. गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत—मोहन बिष्ट
२. नलगाड बहुमुखी क्याम्पस सल्यान—विशाल विक्रम चनारा
३. मानसरोवर बहुमुखी क्याम्पस हुम्ला—सागर कुमार शाही
४. कपुरकोट बहुमुखी क्याम्पस सल्यान—दीपेन्द्र बुढा मगर
५. शिवजन क्याम्पस सल्यान—संजय हमाल
६. चतुर्वेद हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगु—धनचन्द्र कार्की

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending