Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

संविधान जारी हुने भएपछि चितवनवासीमा खुसियाली

\"new\"चितवन । संविधानसभाबाट आज संविधान जारी हुने भएपछि जिल्लावासी हर्षित भएका छन् । सबै समुदायको माग नसमेटिए पनि साझा दस्तावेजका रुपमा संविधान जारी हुने भएपछि जिल्लामा खुसियाली छाएको हो । सङ्घसंस्थाहरुले आजैदेखि दीप प्रज्वलनका कार्यक्रम आयोजना गरेर खुसियाली साटासाट गर्न सुरु गरेका छन् । सडकमा रिक्सा चलाउने मजदुरदेखि सम्पन्न परिवारसम्मले संविधान जारी हुँदै गर्दा प्रशन्नता प्रकट गरेका छन् । जिल्लामा रहेका विभिन्न समुदाय, जातजाति, धर्म, लिङ्ग, पेसाकर्मीलगायतले संविधानलाई नेपाली जनताको जितका रुपमा लिएका छन् । जिल्लाको विकट गाउँ सिद्धिका महेन्द्र चेपाङले चेपाङ सङ्घीय राज्य नभएको र पिछडिएको जातिमा नपरेर चेपाङ समुदाय आदिवासीमा परेकामा चिन्ता लागेको भए पनि संविधान बनेर देशले निकास पाएकामा भने खुसी रहेको बताए । खैरहनीकी चन्द्रकुमारी चौधरी र वछौलीका जङ्गीलाल महतोलाई आफ्ना माग पूरा नभएकामा चिन्ता भए पनि देशले निकास पाएकामा भने निकै खुसी लागेको छ । मुलुकले कोल्टे फेरेको भन्दै पछाडि परेको समुदायलाई अगाडि बढाउन अबको संविधानले सक्नुपर्ने उनीहरुको भनाइ छ । नारायणगढमा रिक्सा चलाउने काम गर्दै आउनुभएका रौतहटका ३२ वर्षीय चितुरी महतोलाई भने संविधान जारी हुने सुनेदेखि निकै खुसी लागेको छ । बन्द हडतालका कारण काम गर्न नपाएको बताउँदै उनले अब देशमा शान्ति हुने धारणा राखे । बन्द हडताल नभए गरेर हामी खान्छौँ कसैको निगाहा चाहिँदैन महतोको भनाइ थियो । भरतपुरको चौबीसकोठीमा फलफूल बेच्दै आउनुभएका माडीका ३० वर्षीय गौरीश्वर रेग्मीलाई पनि निकै खुसी लागेको छ । संविधानले सबै जनतालाई सम्बोधन गर्ने भन्दै उनले आफूले दुःख पाए पनि सन्ततिले सुख पाउने बताए । पश्चिम चितवनको मङ्गलपुरस्थित विश्व प्रकाश उच्च माविका शिक्षक गोविन्द सुवेदीले लामो पर्खाइपछि नेपाली जनताले संविधान पाउनु गर्वको विषय भएको भन्दै भव्य रुपमा यसलाई उत्सवका रुपमा लिनुपर्ने बताए । संविधानलाई बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मले हर्षका साथ लिएका छन् । भरतपुर उपमहानगरपालिका वडा नं १० की ६९ वर्षीया मनकली पण्डितले आफूले यो उमेरमा संविधान देख्न पाएकामा खुसी व्यक्त गर्दै यसलाई सबैले खुसियालीका रुपमा मनाउनुपर्ने बताइन  । निर्माण व्यवसायी सङ्घ चितवनका उपाध्यक्ष उमानन्द कँडेलले संविधानलाई सबैले हर्षका रुपमा लिएर देश विकासका लागि मार्गनिर्देश हुने अपेक्षा गरेको बताए । संविधानलाई अपाङ्गहरुले पनि खुसियालीका रुपमा लिएका छन् । अपाङ्ग सङ्घ चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले अस्थिरताले विकासको गति लिन नसकेको देशमा संविधान आउनु सबैका लागि सुखद रहेको उल्लेख गरे । जिल्ला स्थित सवै दलहरुले संयुक्त रुपमा दिप प्रज्वलन र स्वागत र्याली गरेर संविधानलाई स्वागत गर्दै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy