Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधान जारी हुने भएपछि चितवनवासीमा खुसियाली

\"new\"चितवन । संविधानसभाबाट आज संविधान जारी हुने भएपछि जिल्लावासी हर्षित भएका छन् । सबै समुदायको माग नसमेटिए पनि साझा दस्तावेजका रुपमा संविधान जारी हुने भएपछि जिल्लामा खुसियाली छाएको हो । सङ्घसंस्थाहरुले आजैदेखि दीप प्रज्वलनका कार्यक्रम आयोजना गरेर खुसियाली साटासाट गर्न सुरु गरेका छन् । सडकमा रिक्सा चलाउने मजदुरदेखि सम्पन्न परिवारसम्मले संविधान जारी हुँदै गर्दा प्रशन्नता प्रकट गरेका छन् । जिल्लामा रहेका विभिन्न समुदाय, जातजाति, धर्म, लिङ्ग, पेसाकर्मीलगायतले संविधानलाई नेपाली जनताको जितका रुपमा लिएका छन् । जिल्लाको विकट गाउँ सिद्धिका महेन्द्र चेपाङले चेपाङ सङ्घीय राज्य नभएको र पिछडिएको जातिमा नपरेर चेपाङ समुदाय आदिवासीमा परेकामा चिन्ता लागेको भए पनि संविधान बनेर देशले निकास पाएकामा भने खुसी रहेको बताए । खैरहनीकी चन्द्रकुमारी चौधरी र वछौलीका जङ्गीलाल महतोलाई आफ्ना माग पूरा नभएकामा चिन्ता भए पनि देशले निकास पाएकामा भने निकै खुसी लागेको छ । मुलुकले कोल्टे फेरेको भन्दै पछाडि परेको समुदायलाई अगाडि बढाउन अबको संविधानले सक्नुपर्ने उनीहरुको भनाइ छ । नारायणगढमा रिक्सा चलाउने काम गर्दै आउनुभएका रौतहटका ३२ वर्षीय चितुरी महतोलाई भने संविधान जारी हुने सुनेदेखि निकै खुसी लागेको छ । बन्द हडतालका कारण काम गर्न नपाएको बताउँदै उनले अब देशमा शान्ति हुने धारणा राखे । बन्द हडताल नभए गरेर हामी खान्छौँ कसैको निगाहा चाहिँदैन महतोको भनाइ थियो । भरतपुरको चौबीसकोठीमा फलफूल बेच्दै आउनुभएका माडीका ३० वर्षीय गौरीश्वर रेग्मीलाई पनि निकै खुसी लागेको छ । संविधानले सबै जनतालाई सम्बोधन गर्ने भन्दै उनले आफूले दुःख पाए पनि सन्ततिले सुख पाउने बताए । पश्चिम चितवनको मङ्गलपुरस्थित विश्व प्रकाश उच्च माविका शिक्षक गोविन्द सुवेदीले लामो पर्खाइपछि नेपाली जनताले संविधान पाउनु गर्वको विषय भएको भन्दै भव्य रुपमा यसलाई उत्सवका रुपमा लिनुपर्ने बताए । संविधानलाई बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मले हर्षका साथ लिएका छन् । भरतपुर उपमहानगरपालिका वडा नं १० की ६९ वर्षीया मनकली पण्डितले आफूले यो उमेरमा संविधान देख्न पाएकामा खुसी व्यक्त गर्दै यसलाई सबैले खुसियालीका रुपमा मनाउनुपर्ने बताइन  । निर्माण व्यवसायी सङ्घ चितवनका उपाध्यक्ष उमानन्द कँडेलले संविधानलाई सबैले हर्षका रुपमा लिएर देश विकासका लागि मार्गनिर्देश हुने अपेक्षा गरेको बताए । संविधानलाई अपाङ्गहरुले पनि खुसियालीका रुपमा लिएका छन् । अपाङ्ग सङ्घ चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले अस्थिरताले विकासको गति लिन नसकेको देशमा संविधान आउनु सबैका लागि सुखद रहेको उल्लेख गरे । जिल्ला स्थित सवै दलहरुले संयुक्त रुपमा दिप प्रज्वलन र स्वागत र्याली गरेर संविधानलाई स्वागत गर्दै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending