Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रधानमन्त्री ओलीलाई किन भेट्न चाहँदैनन् प्रचण्ड ?

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको थियो । बैठकमा माओवादी केन्द्रका सांसद विमला सुवेदीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।

‘मैले पटक–पटक सम्पर्क गर्न खोजें तर स्वास्थ्य समस्याका कारण उहाँसँग प्रत्यक्ष संवाद हुन सकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, म निरन्तर प्रयासरत छु ।’

ओलीले यस्तो जवाफ दिए पनि प्रचण्डको स्वास्थ्य ठीक छ । अहिले उनी माओवादी केन्द्रद्वारा आयोजित हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी कार्यक्रमका लागि मधेशमा छन् ।

बिहीबार बाराको सिम्रौनगढ र कलैयामा आयोजित कार्यक्रममा प्रचण्ड दिनभर व्यस्त थिए । जनतासँग भेट्ने, उनीहरूको गुनासो सुन्ने र पार्टीलाई विस्तार गर्दै अगाडि बढ्ने योजनामा उनी पार्टीद्वारा आयोजित कार्यक्रममा छन् ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो अघि बढाइने प्रधानमन्त्री ओलीले बताए ।

यस विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न प्रयास गरेको भए पनि सम्पर्क हुन नसकेको ओलीको भनाइ थियो । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु, यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु, मैले पटक–पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’

प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले भनेजस्तै प्रचण्डले के साँच्चै भेट्न नचाहेकै हुन् त ? स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भेट्न चाहेको तर प्रचण्डले भेट्न नचाहेको विषय साँचो हो ।

भेटघाटका छलफल गर्नका लागि ओलीले एमाले नेता अग्नि खरेललाई प्रचण्डसँग भेट गर्न पठाएका थिए । प्रचण्डले खरेलसँग भेटे पनि ओलीसँग भेट्ने चाहना आफ्नो नभएको जवाफ दिएका थिए । टीआरसीका ’boutमा छलफलका लागि प्रधानमन्त्री ओलीले भेट्न खोजेको खरेलले प्रचण्डसँग भनेका थिए ।

तर, प्रचण्डले आफू पार्टीको कार्यक्रमका लागि मधेश जान लागेकाले भेट्न नसकिने जवाफ दिएका थिए । गत मंगलबार काठमाडौंमै रहेका प्रचण्ड सोही दिन चितवन हुँदै बारा पुगेका थिए । प्रचण्डले चाहेको भए प्रधानमन्त्री ओलीलाई सोही दिन भेटेर मधेश जानसक्थे तर टीआरसीका ’boutमा नभई अन्य राजनीतिक विषयमा छलफलका लागि भेट्न खोजेको भन्दै प्रचण्डले भेट्न मानेनन् ।

स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि प्रचण्डलाई भेट्न खोजेका हुन् । टीआरसीका नाममा सत्ता सहकार्यका ’boutमा छलफल गर्न खोजेकाले प्रचण्डले ओलीलाई नभेटेको खुमलटार स्रोतको दाबी छ । कांग्रेससँग ओलीको सम्बन्ध चिसिँदै गएकाले ओलीले माओवादीसँग सत्ता सहकार्यका लागि छलफल गर्न खोजेका हुन् । 

तर, प्रचण्डलाई ओलीसँग सत्ता सहकार्यमा कुनै चासो नै नभएको दाबी गरिएको छ । प्रचण्डले ओलीलाई भेट्न नमानेपछि एमालेका अन्य नेताहरूसमेत भेटघाटका लागि आग्रह गर्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending