Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ बिहीबार | 24th April, 2025 Thu
Investment bank

प्रत्येक स्थानीय तहमा पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

खबरडबली संवाददाता

काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ ।

शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बास्थान निर्माण, पुर्व तयारी, प्रतिकार्य, पुर्नलाभ, पुर्नस्थापनाका कार्यहरु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरुले समन्वायत्मक रुपमा कार्य गर्ने निर्णय समेत भएको छ ।

त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा माग अनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता÷सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए ।

त्यस्तै पछिल्लो समय बढ्दै गएको लागू औषध दुव्र्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराध लगायतका सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने छ ।

प्रहरी समायोजनको कार्यलाई निष्कर्षमा पुर्याउन आवश्यक कानून परिमार्जन तथा व्यवस्थापकीय तयारीको कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसंग समन्वय अगाढी बढाउने निर्णय भएको गृह मन्त्रायलले जनाएको छ ।

‘देशको समग्र शान्ति सुरक्षाको अवस्था र प्रादेशिक रुपमा देखिएका सुरक्षा चुनौतीहरुको विश्लेषण तथा समिक्षा गरिएको छ,’ प्रवक्ता तिवारीले भने, ‘बैठकमा भएका निर्णय र प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रिय समन्वय परिषद्मा पठाइनेछ ।’

पछिल्ला दिनमा देखिएका संविधान तथा व्यवस्था विरोधी गतिविधीहरुलाई निस्तेज गर्दै विद्यमान सुरक्षा चुनौतीहरुको सुक्ष्म निगरानी तथा नियन्त्रण गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन गृह मन्त्रालय र प्रदेश सरकारका सम्वन्धित मन्त्रालयहरुबीचको सहकार्यलाई प्रभावकारी बनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपतकालिन गोदामहरु प्रदेश सरकारलाई हस्तान्तरण थालिएको जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा हामीले प्रदेश सरकारलाई गोदामघरहरु हस्तान्तरण गरिसकेका छौं ।’ उनले भने, ‘अरु प्रदेशमा पनि हस्तान्तरण गर्ने र पालिकास्तरसम्म गोदामहरु सञ्चालनमा ल्याउने गरी प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ ।’

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की, बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछाने, नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी, प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राथिकरणका कार्यकारी प्रमुख डा। दिनेश भट्ट लगायतले धारणा राखेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन भएका छन् ।  सम्पर्क समन्वय समितिको दोस्रो अ...

ओलीको निशानामा कान्छारामः राज्यमन्त्री पद खुस्कियो

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदमुक्त भएका छन् ।  बुधबार राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले ब...

‘गलत समाचार लख्ने’ प्रधान सम्पादकलाई बयानमा बोलाउन सर्वोच्चको आदेश

काठमाडौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सम्बन्धमा गलत समाचार लेखेको भन्दै दायर भएको अदालतको अवहेलना मुद्दामा प्रधान सम्पादकलाई बयानका लागि बोल...

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक, कुन विषय कुन दिन ? (तालिका सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ...

एक हप्ताभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न सरकारको निर्देशन

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

तीनकुनेमा बन्दुक खोस्ने युवक भन्छन्ः भिडमा कसले लग्यो पत्तै भएन

काठमाडौं । तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला पर्न सकेको छैन । बन्दुक खोस्ने युवकलाई पहिचान गरेर पक्राउ गरिए पन...

सरकार पूर्ण रूपमा फेल भइसक्योः माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत...

काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८२ बैशाख ७ गतेसम्ममा ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।  यस दिनसम्म गएको आर्थिक व...

झण्डै २ वर्षदेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिकामा कर्मचारीले लगाए ताला

कालीकोट । लामो समयदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा ताला लगाएका छन् । झण्डै २ वर्षदेखि तलब नपाएपछि उ...

कामको प्रकृति अनुसार श्रमिकको न्युनतम ज्याला तोक्नु पर्छ: श्रम मन्त्री

काठमाडौं । निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ । बुधबारबाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसे...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending