जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् । अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो ।
यी अस्पतालहरू सेवा सञ्चालन अनुमति पत्र बिना वा मापदण्ड विपरीत सेवा दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य भएको बताए । उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिने बताए ।
सिंहले भने, ‘जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौँ । मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो । त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौँ ।’
अनुगमनका क्रममा जम्मा दुई वटा स्वास्थ्य संस्थासँग मात्रै सेवा सञ्चालन अनुमति पत्र दुरुस्त रहेको पाइयो भने थप दुई वटाले नवीकरण गर्नुपर्ने अवस्था देखियो । यी स्वास्थ्य संस्थाहरूलाई अविलम्ब आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा गुणस्तर सुधार र अनुशासन कायम गर्न आवश्यक नीति तथा मापदण्डलाई कडाइका साथ पालना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि सरकार कटिबद्ध छ । हामीले जनताको स्वास्थ्यको रक्षा गर्न कुनै पनि अवरोध सहनेछैनौँ । अनियमित सेवा प्रदायकहरूलाई कारबाहीको भागीदार बनाइनेछ,’ सिंहले भने ।
मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ । यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सतर्कता अपनाइने मुख्यमन्त्री सिंहले बताए ।
जनताले आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारलाई ध्यानमा राख्दै मुख्यमन्त्री सिंहले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई थप जिम्मेवारीको साथ अघि बढ्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: