काठमाडौं । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ ।
हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएपछि टीआरसीको विषयमा शीर्ष नेताबिच छलफल हुने प्रचण्डका सचिवालयले जनाएको छ ।
अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आइतबार साँझ काठमाडौँ फर्किँदैछन् । टीआरसी बाहेक अन्य विषयमा भने छलफल नहुने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।
‘प्रधानमन्त्रीज्यूले संसदमा पनि प्रमुख प्रतिपक्ष दलको नेतासँग सम्पर्क हुन नसकेको भन्नुभएको छ । टीआरसीको विषयमा प्रधानमन्त्रीको सचिवालयसँग हामी नियमित सम्पर्कमै छौँ । प्रचण्ड अभियानको क्रममा जिल्लामा व्यस्त हुनुभएको हुनाले भेट हुन नसकेको छ । उहाँ काठमाडौं आएपछि टीआरसीको विषयमा शीर्ष नेताहरूबिच छलफल हुन्छ । तर राष्ट्रिय सहमतिको सरकारको विषयमा छलफल हुँदैन । हामीले स्पष्ट भनिसकेका छौँ २०८४ सम्म सरकारमा जाँदैनौँ’, आचार्यले स्पष्ट पारे ।
ओलीका सल्लाहकार अग्नि खरेलसँग पनि टीआरसीको विषयमा मात्र छलफल भएको जिकिर गरे । उनले वर्तमान सरकार गिराउने वा सरकारमा सहभागी हुने भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गरे ।
चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए । ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
यस विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा ‘स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको’ भन्ने जवाफ पाएको सदनलाई जानकारी गराएका थिए ।
यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: