काठमाडौं । १७ वर्षीया युवतीलाई जबरजस्ती बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावल रहेका छन् ।
रावलले ती युवतीलाई जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शनिबार पक्राउ परेका रावलका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: