Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८२ मंगलवार | 29th April, 2025 Tue
Investment bank

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

खबरडबली संवाददाता

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख  ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ।  सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरुलाई समाबेश गरिनेछ।

 ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। गोसाईकुण्ड गाउँ पालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख २ गते देखि ६ गते सम्म हुनेछ। रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिसेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घाइते पत्रकारको उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपमा घाइते भएकी पत्रकार सबिना कार्कीको उद्धार गर्ने प्रहरी पुरस्कृत भएका छन् । झडपका क्रममा घाइते भएकी प...

आन्दोलन अनिश्चित बन्दै गएपछि खुल्न थाले पर्वतका सामुदायिक विद्यालय

पर्वत। शिक्षक महासंघले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि यहाँका सामुदायिक विद्यालय खुल्न थालेका छन्। सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निज...

शिक्षक महासंघ र मन्त्रीबीच सिंहदरबारमा वार्ता सुरु

काठमाडौं । शिक्षक महासंघ र मन्त्री रघुजी पन्तबीच वार्ता सुरू भएको छ । मन्त्रिपरिषद् बैठक सकिनासाथ मन्त्री र महासंघबीच वार्ता थालिएको हो ।  अहिले मह...

दुई दिनमा शिक्षकका माग सम्बोधन हुन्छः सञ्चारमन्त्री गुरुङ

आन्दोलनरत शिक्षक र सरकारबीच आजै वार्ता

रितेशको फिल्म सुटिङमा दुर्घटनाः एकको शव फेला, छायांकन रोकियो

मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको आगामी चलचित्र ुराजा शिवाजीु को सेटमा एउटा दुखद दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको...

अरुण नदीमा जीप खस्दा तीन घाइते

सङ्खुवासभा । सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन्। प्रदेश १ ०...

अरुण नदीमा जीप खस्दा तीन घाइते

सङ्खुवासभा । सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन्। प्रदेश १ ०...

‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण

ललितपुर । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष बैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रन...

मंगलबारदेखि सामुदायिक विद्यालयको पठनपाठन अघि बढाउन ललितपुर महानगरको निर्देशन

ललितपुर ।  ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै विद्यालय सामुदायिक खोलेर पठनपाठन अगाडि बढाउन निर्देशन दिएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनल...

हेटौँडामा बसको ठक्करबाट ट्रक व्यवसायीको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानरपालिका– ९ एचआईडीमा बसको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु भएको छ । पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending