Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता, सबैभन्दा धेरै मधेसमा

खबरडबली संवाददाता

काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । 

काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए । बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको बताए । 

बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भएका छन् । आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागुऔषधसम्बन्धी चार सय १९, चोरीका दुई सय ८६, जबर्जस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी एक सय ६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् । 

काठमाडौँ उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएका प्रवक्ता आचार्यले बताए । मधेस प्रदेशमा सात सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा तीन सय ७६, सुदुरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१५ चैतमा राजावादी-गणतन्त्रवादी आमनेसामने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ राजसंस...

सदन बस्नुअघि संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरुबीच छलफल

काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ । संविधान र गणतन्...

बढ्दो बसाइँसराइ र युवा विदेश पलायनले बागलुङमा ३४३ उद्योग तथा व्यवसाय बन्द

ढोरपाटन । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्ल...

स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । स्वीट्जरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष...

विद्युत् प्राधिकरण प्रमुखबाट हटाइएका कुलमान घिसिङ किन लोकप्रिय छन् ?

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ताले पुष्टि गरेका छन्...

त्रिचन्द्र क्याम्पसमा अनिश्चितकालका लागि स्ववियु चुनाव स्थगित

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थी...

कालीमाटीमा काउली, गाँजर र घिरौँलाको मूल्य बढ्यो, च्याउको घट्यो

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक म...

वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड  ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।  महानगरले गत आवको सोही अवधिको तु...

हिमाल आरोहण अनुमति सुरु

काठमाडौँ । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका ...

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौँ । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  २८ आँखा अस्पताल, द...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy