कालिकोटको सदरमुकाम देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार
चैत्र ११ गते, २०८१ मगलवार 25th March, 2025 Tue२१:३०:०६ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडाैं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरेके छ ।
देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत टेलिकमले उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको हाे ।
सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।
Microwave Radio Link मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (FTTH) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै NtTV ब्रान्डको टेलिभिजन सेवा समेत मिति २०८१।१२।०८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको उनले बताए । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिन सकिने ढकालकाे भाइ छ ।
सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभुति गर्ने नेपाल टेलिकमले जनाएकाे छ ।
नेपाल टेलिकमका अनुसार दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने Transmission route को बैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने छ। देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिवद्ध रहने टेलीकमले जनाएङ्काे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको आगामी चलचित्र ुराजा शिवाजीु को सेटमा एउटा दुखद दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको...
ललितपुर । ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै विद्यालय सामुदायिक खोलेर पठनपाठन अगाडि बढाउन निर्देशन दिएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनल...
प्रतिकृया लेख्नुहोस्: