रौतहट । रौतहट स्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको बिभिन्न किसिमका भन्सार छलीको सामान,६ सवारी साधन सहीत एकजना तस्कर र ३४ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस महिनाको १३ दिनभित्र उक्त उपलब्धी गरेको हो।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले यही चैत्र १ देखि हिजो १३ सम्म भन्सार छलीको सामानबाट कुल ९ लाख २३ हजार १८० रुपैयाँ राज्श्व सन्कलन गरेको हो।
उक्त भन्सार छलिको सामान ल्याउन प्रयाेग गरिएको मोटरसाईकल ४ थान, अटो रिक्सा १ थान, स्कुटी १ थान सहित १ जना तस्कर लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।
त्यसैगरी सोही अवधिमा फैसला कार्यान्वयन अन्तर्गत जिल्लाको बिभिन्न स्थानबाट २६ जना फरार प्रतिवादी र बिभिन्न मुद्दाको फरार ८ अभियुक्त गरी ३४ जनालाई पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिएका छन्।
तोकिएको दण्ड जरिबाना अशुल गर्न पक्राउ परेका २६ जना प्रतिवादीलाई जिल्ला अदालत गौरमा उपस्थित गराइएको तथा बिभिन्न मुद्दाका ८ जना अभियुक्त लाई कारवाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्र र फरार प्रतिवादी पक्राउ अभियानले जिल्ला स्थित संस्थागत तस्करी पूर्ण रुपमा नियन्त्रण भएको छ भने सैयौं प्रतिवादी पक्राउ परेका छन्। खुला सीमानाको कारण झोले पोके तस्करी भने पूर्ण नियन्त्रण हुननसकेको देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८१ - २२:०९
काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने ष...
चैत्र १७ गते, २०८१ - २०:४७
काठमाडौं । गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्...
चैत्र १७ गते, २०८१ - २०:४४
काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो । गृहमन्त्रालयका सहस...
चैत्र १७ गते, २०८१ - २०:४०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्...
चैत्र १७ गते, २०८१ - २०:१८
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरु भएको छ । साँझ ७ बजेलाई बोलाएको बैठक केही ढिलागरी स...
चैत्र १७ गते, २०८१ - १९:३६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्श...
चैत्र १७ गते, २०८१ - १९:२२
काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्ने सूचनामा सत्यता नभएको प्रहरीले जनाएको छ ...
चैत्र १७ गते, २०८१ - १९:१४
मुगु । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको ...
चैत्र १७ गते, २०८१ - १९:११
इलाम । श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाडेको आरोप ...
चैत्र १७ गते, २०८१ - १९:०८
लमजुङ । लमजुङ प्रहरीले एकजना वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा बेंसीसहर नगरपालिका ९ का वडाध्यक्ष खुशीजङ गुरुङ, बेंसीसहर–८ का विशा...
प्रतिकृया लेख्नुहोस्: