Ntc summer Offer
Khabar Dabali १८ चैत्र २०८१ सोमबार | 31st March, 2025 Mon
Investment bank

द्वन्द्वपीडितको गुनासोः १८ वर्षसम्म पनि नपाएको न्याय कहिले पाउने ?

भावी सन्तति शिक्षा र स्वास्थ्यबाट वञ्चित हुन नपरोस्

खबरडबली संवाददाता

काठमाडौ‌ । द्वन्द्वपीडित महिलाहरूले शान्ति प्रक्रिया सुरु भएको १८ वर्षसम्म पनि आफूहरूले न्याय नपाएको भन्दै अव न्याय पाउनेमा आशावादी रहेको बताएका छन् ।  

नेपालको आक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा उनीहरुले यस्तो आशा व्यक्त गरेका हुन् । 

कार्यक्रममा पीडित महिला सुमित्रा चौधरीले आफूहरूका समस्या र पीडा १८ वर्षसम्म सुनुवाइ नभए पनि अव सुनुवाइ हुने आशा व्यक्त गरिन् । ‘अव हामीलाई निराश पार्नुहुनेछैन भन्ने आशा छ । तपाईँका छोरी, चेली नातिनीलाई फेरि पनि निराशा पार्नुहुने छैन’, चौधरीले भनिन्, ‘एउटा हिंसामा परेको महिला जो वर्षौसम्म रगत बगाउँदै, लर्खराउदै मानसिक र शारीरिक रूपमा समस्या भोगिरहनुपरेको छ ।’

उनले न्यायका लागि उजुरी गर्न नै समस्या रहेको भन्दै उजुरी दर्ता प्रक्रिया सहज बनाउन आग्रह गरिन् । साथै उनले द्वन्द्वपीडित महिलाका सन्ततिहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहनुपरेकोमा सरकारले विशेष खोजी नीति गरेर मूलधारमा ल्याउन राज्यसँग माग गरिन् । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु सहभागी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबारको षड्यन्त्रमुलक घटनाको मुख्य योजनाकार पूर्वराजा रहेको दलहरुको निष्कर्ष

काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने ष...

ज्ञानेन्द्रलाई कानुनी कारबाही गर्न बाबुरामको सुझाव

काठमाडौं । गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्...

सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो । गृहमन्त्रालयका सहस...

त्रिभुवन विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा खुल्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक, सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरु भएको छ ।  साँझ ७ बजेलाई बोलाएको बैठक केही ढिलागरी स...

रवीन्द्र र धवल रिहाको माग गर्दै राप्रपाको मसाल जुलुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।  पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्श...

रवीन्द्र र धवल रिहाको माग गर्दै राप्रपाको मसाल जुलुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।  पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्श...

पत्रकार सुरेश रजकको मृत्युबारे भ्रम फैलाए कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्‍यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्‍ने सूचनामा सत्यता नभएको प्रहरीले जनाएको छ ...

स्ववियु चुनावले तातियो रारा बहुमुखि क्याम्पस, एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

मुगु  ।  मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको ...

श्रीमतीको हत्या आरोपित सार्वजनिक

इलाम । श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाडेको आरोप ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy