काठमाडौं । शुक्राबार काठमाडौंको सवारी अस्तव्यस्त हुने भएको छ । समाजवादी मोर्चा र राजावादीको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएको हो ।
काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेका छन् । समाजवादी मोर्चा (गणतन्त्रवादी) र राजवादीहरुको छुट्टाछुट्टै र्याली निस्किने भएसँगै रिङरोडसँगै उपत्यका भित्रको सडक अस्तव्यस्त हुने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यी प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने सम्भावना छ। एसईईका कारण ११ बजेपछि मात्र प्रदर्शनकारीलाई समय उपलब्ध गराइएको जनाइएको छ । सवारी व्यवस्थापनका लागि भोलि १ हजार ८०० ट्राफिक प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
त्यसैगरी, राजावादीहरुले दुर्गा प्रसाईं नेतृत्वमा तीनकुनेमा कार्यक्रम गर्ने भएका छन् ।
भृकुटीमण्डपमा बिहान ११ बजे र तीनकुनेमा दिउँसो १ बजे प्रदर्शन हुने समय तय भएको छ ।
रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज बन्नेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुन सक्ने भएकाले वैकल्पिक रुट तय गर्न प्रहरीले अनुरोध गरेक छ ।
प्रदर्शनको शान्ति सुरक्षाका लागि २ हजार ५ सय प्रहरी खटाइने भएको छ । प्रदर्शनमा हुन सक्ने घुस पैठ र सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् ।
त्यस्तै १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने सुरक्षा स्रोतको भनाइ छ । गणतन्त्र र राजावादीको प्रदर्शनमा दुई पक्षलाई भेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । राजावादीहरुलाई रिङरोडभित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीलाई रिङरोड आसपास प्रवेश नदिने गरि सुरक्षा रणनीति तयार भएको छ ।
राजावादीको जुलुस भक्तपुरबाट मुख्य सडकमार्ग हुँदै तीनकुने आउने छ भने जोरपाटी, नयाँ बसपार्कबाट चाबहिल हुँदै तीनकुने आउने छ । कलंकीतर्फको जुलुस सातदोबाटो कोटेश्वर हुँदै तीनकुने आउने गरि व्यवस्थापन मिलाइएको छ ।
समाजवादी मोर्चाको जुलुस भने बबरमहल माइतीघर, कुपन्डोल थापाथली, सोह्रखुट्टे पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: