Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

काम नगर्ने दुई निर्माण कम्पनीलाईकालाे सूचीमा राख्ने मन्त्री राईको चेतावनी

खबरडबली संवाददाता

विराटनगर । पटक पटक म्याद थप गरेर पनि समयमै निर्माण सम्पन्न नगर्ने दुई निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले अन्तिम चेतावनी दिएको छ । 

सुनसरीको धरान–५ देवी गाउँ सिरान लेदुवाको १५ मिटर लामो सडक पुल र सङ्खुवासभाको खाँदबारी मानेभन्ज्याङ–चन्दनपुर–हेलुवाबेसी जाने १४.४२ किलोमिटर सडक निर्माण नगर्ने निर्माण कम्पनीलाई मन्त्रालयका मन्त्री भूपेन्द्र राईले अन्तिम चेतावनी दिएका हुन् । 

मन्त्री राईसहित मन्त्रालयको टोलीले दुवै निर्माण कम्पनीलाई निर्धारित समयमा काम नसके ठेक्का तोडेर कालोसूचीमा राख्ने बताएका छन् । आयोजनास्थलमै सार्वजनिक सुनुवाइ गरेर काम समयमै सम्पन्न गर्ने सर्वपक्षीय निर्णय भएको राईले जानकारी दिए । 

पूर्वाधार विकास कार्यालय, मोरङको कार्यक्षेत्रमा पर्ने सुनसरीको धरान–५ देवीगाउँ सिरान लेदुवाको १५ मिटर लामो सडक पुल वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्रालि दमक झापाले १ वर्षमा सक्ने गरी २०७७ साउन ८ गते सम्झौता गरेको थियो । १ करोड २१ लाख ८५ हजार ८१३ रुपैयाँमा ठेक्का लागेको भए पनि उक्त पुल निर्माण समयमै नहुँदा दोस्रो पटक २०८० असार ३० गते एक वर्षको लागि म्याद थप भयो ।

तर, आउँदो असार अन्तिमसम्ममा निर्माण सम्पन्न नहुने देखेपछि मन्त्रीले ताकेता गरेका हुन् । उक्त पुल निर्माण समयमै सक्ने र जेठ अन्तिममा हस्तान्तरण गरिसक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको मन्त्री राईले जानकारी दिए । 

हालसम्म उक्त पुल निर्माणको लागि पूर्वाधार विकास कार्यालय मोरङले ८९ लाख ५० हजारभन्दा बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले निर्माण व्यवसायीद्वारा पटक–पटक बिनाकारण निर्माण कार्य बन्द गर्नु र समयमै ठेक्का सम्पन्न गर्नेतर्फ कुनै चासो नदिनुलाई समस्या मानेको छ ।

निर्माण व्यवसायीद्वारा व्यवस्थापकीय बैठक तथा निर्माण कार्य समयमै सम्पन्न गर्ने सम्बन्धी प्रतिबद्धता अनुरूप कार्य नगरेको पनि उनले बताए । यस्तै ठेक्का अन्त्य किन नगर्ने भनेर कार्यालयले पत्राचार गर्दा समेत जवाफ नदिएको उनले बताए । 

उता सङ्खुवासभाको खाँदबारीस्थित मानेभन्ज्याङ्ग–चन्दनपुर–हेलुवाबेसी सडक पनि जीर्ण छ । प्रदेश सरकारसँग २०७७ कार्तिक ५ गते २ वर्षमा सक्ने गरी निर्माण व्यवसायी कम्पनीहरू याक्थुमहाङ–खाम्पाचे चाबहिलले जोइन्ट ठेक्का लिएका थिए । ४४ करोड ७ लाख २४ हजार रुपैयाँमा ठेक्का लागेको उक्त सडक समयमै सम्पन्न नहुँदा स्थानीयले सास्ती पाएका छन् ।

दोस्रो पटक म्यास थप गरेर २०८१ वैशाख ३० गतेसम्ममा सक्ने भनिएको भए पनि उक्त सडक निर्माण अझै सकिएको छैन । तर, हालसम्म २३ करोड ३१ लाख ८५ हजार रुपैयाँ भने भुक्तानी भइसकेको छ । हालसम्म पर्खाल तथा नाला र कल्भर्ट निर्माण भएको तथा सब–बेस ओछ्याउने, रोल गर्ने तथा कम्प्याक्शन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्री राईसहितको टोलीले दुई दिन अगाडि त्यस स्थानमा पुगेर सार्वजनिक सुनुवाइ गरेको छ । त्यस क्रममा निर्माण व्यवसायी, स्थानीय र सरकारका प्रतिनिधिहरूबिच १ वर्षभित्र काम सकिसक्ने निर्णय गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending