Ntc summer Offer
Khabar Dabali १९ चैत्र २०८१ मंगलवार | 1st April, 2025 Tue
Investment bank

काठमाडौंमा दुई शक्तिको प्रदर्शन तयारी, सुनसान भए सडक

खबरडबली संवाददाता

काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूले काठमाडौं उपत्यकामा आज गर्न लागेको प्रदर्शन सुरु नहुँदै काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ ।

आज गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।

प्रदर्शन सुरु नहुँदै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित देखिएको छ । राजधानीका विभिन्न स्थानमा सवारी साधन गुड्न दिइएको छैन ।  सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइएको छ ।

आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् ।

सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।

यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार चैत १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउने निर्णय तत्काल फिर्ता लिन बालेनलाई चेतावनी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध...

घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र एलपी ग्यासको कति ?

  काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प...

नेपाली चियाको अधिकांश हिस्सा विदेश निर्यात

काठमाडौं । नेपालमा उत्पादित अधिकांश चिया निर्यात हुने गरेको छ। आन्तरिक बजारमा त्यसको तुलनामा कम खपत हुने गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको ...

मेची राजमार्ग बोलेरो दुर्घटना हुँदा ५ जना घाइते

इलाम। मेची राजमार्गको नेपालटारमा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज २६४५ नम्बरको गाडी ब्रेक फेल भएर...

तिला कर्णाली बहुमुखी क्याम्पस सभापतिमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी

कालिकोट । तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान ...

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

धनुषा ।  मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशको स्वास...

दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

काठमाडौं ।  राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी पक्राउ परेका छन् । तीनकुनेमा शुक्रबार भएको आन्दोलनका कमाण्डर प्रसाईं...

प्रधानमन्त्री थाइल्याण्ड जानु अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणम...

त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका ह...

खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy