Ntc summer Offer
Khabar Dabali १८ चैत्र २०८१ सोमबार | 31st March, 2025 Mon
Investment bank

प्रधानमन्त्री ओलीका पूर्वआर्थिक सल्लाहकार दुगडको नुन किलोकै पाँच सय पुर्‍याउने प्रपञ्च

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यवसायी मोतीलाल दुगडले आगामी आर्थिक वर्षको बजेटमार्फत नुनको व्यापार आफूले पनि लिने प्रयास थालेका छन् । लामो समयदेखि मसलाको व्यवसाय गर्दै आएका दुगडले नुन पनि मसलाभित्रै पर्ने दाबी गर्दै महँगो मूल्यमा बेच्ने गरी यो प्रयास थालेका हुन् । 

प्रधानमन्त्री ओलीले दुगदलाई यसअघि आफू प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार मात्रै बनाएका थिएनन्, त्यसअघि २०७६ साल मंसिर ८ देखि २०७७ साल पुस १० गतेसम्म उद्योग राज्यमन्त्री नै बनाएका थिए । आर्थिक सल्लाहकार बनेको समयमा प्रधानमन्त्री ओलीले उनलाई राज्यमन्त्री सरहको सुविधा दिएका थिए । 

तिनै दुगड अहिले नुनको व्यापारमा निजी क्षेत्रलाई पनि समावेश गराउन भन्दै शक्तिकेन्द्र धाइरहेका छन् ।  त्यसो त दुगडले यसअघि उपभोक्ताको ढाड नै सेक्ने गरी नुन प्रतिकिलो ३५० रुपैयाँ पुर्‍याउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेका थिए । तर सफल हुन सकेका थिएनन् । यो पटक भने उनी नयाँ आर्थिक वर्षको बजेटमार्फत नै यो विषयलाई सम्बोधन गराउन लागिपरेका हुन् । 

त्यसो त दुगडले यसअघि २०७७ सालमा पनि राज्यका निकायहरूबाट अनुमति नै नलिई नुनको व्यापार थालेका थिए । त्यसबेला प्रतिकिलो २० रुपैयाँमा पाइने नुन उनले साल्ट ट्रेडिङबाट किनेर प्रतिकिलो ३५० रुपैयाँका दरले बिक्री गरेका थिए । त्यसबेला उनी आफै उद्योग राज्यमन्त्री थिए । त्यसबेला उनले टेबल साल्ट ब्रान्डमा बट्टामा १०० ग्राम नुन राखेर सोको उपभोक्ता मूल्य ३५ रुपैयाँमा बिक्री गरेका थिए । यो हिसाबमा उनले नुनको मूल्य प्रतिकेजी ३५० रुपैयाँ पुर्‍याएका थिए । 

आर्थिक वर्षको बजेटमार्फत उनले नुनको व्यापार लिन सके अहिले प्रतिकिलोकै पाँच सय रुपैयाँभन्दा बढी पर्ने छ । किनकि त्यसबेला काठमाडौं उपत्यकामा २० रुपैयाँमा पाइने नुन अहिले प्रतिप्याकेट २६ रुपैयाँ छ ।

त्यसो त व्यवसायी दुगडलाई फाइदा पुग्ने गरी सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा नुन आयात सम्बन्धी व्यवस्था गरेको थियो । सो बजेटमा निजी क्षेत्रलाई पनि नुन उत्पादन तथा विक्री वितरण गर्न दिने भनिएको थियो । ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ,’ बजेटको बुँदा नम्बर २११ मा उल्लेख थियो । 

बजेटको यही व्यवस्थामा टेकेर दुगडले नुनको व्यापार थालेका थिए । तर त्यसबेला अन्य व्यवसायीले नुन व्यापार गरेका थिएनन् । आयोडिनयुक्त नुन अहिले सरकारको पनि लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले मात्रै देशभर विक्री वितरण गर्दै आएको छ ।

दुगडले त्यसबेला कानुनविरीत नुनको व्यापार थालेपछि उपभोक्ता हित संरक्षण मञ्चले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै नुनमा कालोबजारी भएको जानकारी गराएको थियो । यस्तै, मञ्चले सो विषय अदालतमा पनि लगेको थियो । अदालतको फैसलापछि उनले नुनको बिक्री वितरणबाट हात झिकेका थिए ।

अहिले सरकारले तोकेका दुर्गम क्षेत्रमा प्रतिकेजी ९ रुपैयाँमा आयोडिनयुक्त नुन उपलब्ध छ । सरकारले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको ढुवानीको लागि अनुदान दिँदै आएको छ भने साल्ट ट्रेडिङले मूल्यमा अनुदान दिँदै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबारको षड्यन्त्रमुलक घटनाको मुख्य योजनाकार पूर्वराजा रहेको दलहरुको निष्कर्ष

काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने ष...

ज्ञानेन्द्रलाई कानुनी कारबाही गर्न बाबुरामको सुझाव

काठमाडौं । गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्...

सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो । गृहमन्त्रालयका सहस...

त्रिभुवन विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा खुल्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक, सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरु भएको छ ।  साँझ ७ बजेलाई बोलाएको बैठक केही ढिलागरी स...

रवीन्द्र र धवल रिहाको माग गर्दै राप्रपाको मसाल जुलुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।  पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्श...

पत्रकार सुरेश रजकको मृत्युबारे भ्रम फैलाए कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्‍यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्‍ने सूचनामा सत्यता नभएको प्रहरीले जनाएको छ ...

स्ववियु चुनावले तातियो रारा बहुमुखि क्याम्पस, एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

मुगु  ।  मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको ...

श्रीमतीको हत्या आरोपित सार्वजनिक

इलाम । श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाडेको आरोप ...

कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३ जना पक्राउ

लमजुङ । लमजुङ प्रहरीले एकजना वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा बेंसीसहर नगरपालिका ९ का वडाध्यक्ष खुशीजङ गुरुङ, बेंसीसहर–८ का विशा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy