काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यवसायी मोतीलाल दुगडले आगामी आर्थिक वर्षको बजेटमार्फत नुनको व्यापार आफूले पनि लिने प्रयास थालेका छन् । लामो समयदेखि मसलाको व्यवसाय गर्दै आएका दुगडले नुन पनि मसलाभित्रै पर्ने दाबी गर्दै महँगो मूल्यमा बेच्ने गरी यो प्रयास थालेका हुन् ।
प्रधानमन्त्री ओलीले दुगदलाई यसअघि आफू प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार मात्रै बनाएका थिएनन्, त्यसअघि २०७६ साल मंसिर ८ देखि २०७७ साल पुस १० गतेसम्म उद्योग राज्यमन्त्री नै बनाएका थिए । आर्थिक सल्लाहकार बनेको समयमा प्रधानमन्त्री ओलीले उनलाई राज्यमन्त्री सरहको सुविधा दिएका थिए ।
तिनै दुगड अहिले नुनको व्यापारमा निजी क्षेत्रलाई पनि समावेश गराउन भन्दै शक्तिकेन्द्र धाइरहेका छन् । त्यसो त दुगडले यसअघि उपभोक्ताको ढाड नै सेक्ने गरी नुन प्रतिकिलो ३५० रुपैयाँ पुर्याउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेका थिए । तर सफल हुन सकेका थिएनन् । यो पटक भने उनी नयाँ आर्थिक वर्षको बजेटमार्फत नै यो विषयलाई सम्बोधन गराउन लागिपरेका हुन् ।
त्यसो त दुगडले यसअघि २०७७ सालमा पनि राज्यका निकायहरूबाट अनुमति नै नलिई नुनको व्यापार थालेका थिए । त्यसबेला प्रतिकिलो २० रुपैयाँमा पाइने नुन उनले साल्ट ट्रेडिङबाट किनेर प्रतिकिलो ३५० रुपैयाँका दरले बिक्री गरेका थिए । त्यसबेला उनी आफै उद्योग राज्यमन्त्री थिए । त्यसबेला उनले टेबल साल्ट ब्रान्डमा बट्टामा १०० ग्राम नुन राखेर सोको उपभोक्ता मूल्य ३५ रुपैयाँमा बिक्री गरेका थिए । यो हिसाबमा उनले नुनको मूल्य प्रतिकेजी ३५० रुपैयाँ पुर्याएका थिए ।
आर्थिक वर्षको बजेटमार्फत उनले नुनको व्यापार लिन सके अहिले प्रतिकिलोकै पाँच सय रुपैयाँभन्दा बढी पर्ने छ । किनकि त्यसबेला काठमाडौं उपत्यकामा २० रुपैयाँमा पाइने नुन अहिले प्रतिप्याकेट २६ रुपैयाँ छ ।
त्यसो त व्यवसायी दुगडलाई फाइदा पुग्ने गरी सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा नुन आयात सम्बन्धी व्यवस्था गरेको थियो । सो बजेटमा निजी क्षेत्रलाई पनि नुन उत्पादन तथा विक्री वितरण गर्न दिने भनिएको थियो । ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ,’ बजेटको बुँदा नम्बर २११ मा उल्लेख थियो ।
बजेटको यही व्यवस्थामा टेकेर दुगडले नुनको व्यापार थालेका थिए । तर त्यसबेला अन्य व्यवसायीले नुन व्यापार गरेका थिएनन् । आयोडिनयुक्त नुन अहिले सरकारको पनि लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले मात्रै देशभर विक्री वितरण गर्दै आएको छ ।
दुगडले त्यसबेला कानुनविरीत नुनको व्यापार थालेपछि उपभोक्ता हित संरक्षण मञ्चले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै नुनमा कालोबजारी भएको जानकारी गराएको थियो । यस्तै, मञ्चले सो विषय अदालतमा पनि लगेको थियो । अदालतको फैसलापछि उनले नुनको बिक्री वितरणबाट हात झिकेका थिए ।
अहिले सरकारले तोकेका दुर्गम क्षेत्रमा प्रतिकेजी ९ रुपैयाँमा आयोडिनयुक्त नुन उपलब्ध छ । सरकारले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको ढुवानीको लागि अनुदान दिँदै आएको छ भने साल्ट ट्रेडिङले मूल्यमा अनुदान दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: