संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा (एमाले) का सभासद् धर्मनाथ साहको मिर्चैैयास्थित घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले आफूहरुको अधिकार कटौती गर्न पार्टीको दास बनेको भन्दै मिर्चैया नगरपालिका–५ स्थित साहको घरमा आज दिउँसो मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेका थिए । त्यसअघि आजै मोर्चाका कार्यकर्ताले नेपाली काँग्रेस सिरहाका सभापति तथा सिरहा क्षेत्र नं ३ की सभासद् सीतादेवी यादवको सिरहा सदरमुकामस्थित घरमा समेत आगजनी गरेका थिए । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादवको नेतृत्वमा सिरहा सदरमुकाममा आयोजित मौन जुलुसका सहभागीले सभासद् यादवको घरमा आगजनी गरेका हुन् । आगजनीबाट सभासद् यादवको घरको आगनमा राखिएको बिआर१एपी ३९४६ नम्बरको जिप, स१प ७९८० नम्बर र अर्र्को नम्बर खुल्न नसकेको मोटरसाइकल तथा प्रतीक्षालय पूर्णरुपमा नष्ट भएको छ । सभासद् यादवले रुँदै आफ्नो घरको सुरक्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको भएपनि प्रहरी नपठाउँदा घटना भएको भनी दुःख व्यक्त गर्नुभयो । मोर्चाका कार्यकर्ताले मौन जुलुस प्रदर्शनकै बेलामा सभासद् यादवको घरमा ढुङ्गामुढा गरेको र जुलुसबाट फर्किने क्रममा पुनः ढुङ्गामुढासहित आगजनी गरेको प्रत्यक्षदर्शी धनेश्वर यादवले बताउनुभयो । आन्दोलनकारीले बैठक कक्षमा बसिरहेका सभासद्का छोरा तथा काँग्रेसका महाधिवेशन प्रतिनिधि डा सुभाषचन्द्र यादवलगायतमाथि हातपात गर्दै लखेटेको बताइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: