Ntc summer Offer
Khabar Dabali १९ चैत्र २०८१ मंगलवार | 1st April, 2025 Tue
Investment bank

राजावादीहरुको समूहले कहाँ–कहाँ गर्‍यो आगजनी र तोडफोड ?

खबरडबली संवाददाता

काठमाडौं । राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको छ । तिनकुनेलाई केन्द्रमा राखेर राजावादी समूहले आन्दोलन गरेको भएपनि काठमाडौंका अन्य स्थानमा समेत प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू समेत लगाइएको छ । राजावदीहरुले अराजक गतिविधि प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज सहित हवाई फायर समेत गरेको थियो । प्रदर्शनरत राजावादी समूहले तिनकुनेमा घर तोडफोड सहित घरमा आगजनी समेत गरेका छन् ।

राजसंस्था पुनस्थापना माग गर्दै काठमाडौंको तिनकुनेमा प्रदर्शनरत दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनका क्रममा एक जना सशस्त्र प्रहरी महिला घाइते भएकी छन् । प्रदर्शनका क्रममा एक सशस्त्र प्रहरी महिलाको टाउको फुटेको छ । राजावादी समूहको प्रदर्शन अराजक बनेको छ ।

यसअघि घरमा ताडेफोडदेखी आगजनी समेत गरिएको थियो । तिनकुने क्षेत्र अहिले तनावग्रस्त छ । स्थिती नियन्त्रणमा लिन प्रहरी अश्रुग्यासदेखी हवाई फायर समेत गरेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको छ । शुक्रबार विमानस्थलको झाडीमा आगलागी भएको हो ।

आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) लालबाबु सुवेदीले बताए । आगो प्रदर्शनरत राजावादी समूहले लगाएको हुनसक्ने आशंका गरिएको छ ।

आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप बुझने काम भइरहेको उनले बताए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत लगाइयो आगो

राजावादीहरुले सरकार मातहत रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा आन्दोलानमा होमिएकाहरुले यहाँ आगो लगाएका हुन् ।

कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड

राजावादी प्रदर्शनहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका छन् ।

तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका हुन् ।

प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए

काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।

उनीहरूले कार्यालय भित्र छिरेर फर्निचरका साथै कागजपत्रहरु पनि बाहिर ल्याएर जलाएका छन् ।

एमाले कार्यालय नजिकै ट्याक्सी जलाइयो,माओवादी पार्टी कार्यालय नजिक आगजनी

नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । राजसंस्था पुनस्थापनाको माग गर्दै प्रदर्शनरत राजावादीहरुले ट्याक्सी जलाएका हुन् ।

प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका छन् ।

बालकुमारीमा पनि गाडी जलाइयो

काठमाडौंको बालकुमारीमा समेत राजावादी पक्षधरले प्रदर्शनकारीले गाडी जलाएका छन् ।तीनकुनेबाट लखेटिएपछि उनीहरुले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।

राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के खान्छन् हिरासतमा रवीन्द्र र धवल ?

मिश्रको गुनासो ‘सामान्य थुनुवासँग राख्दा घुरेर सुत्नै सकिँन, साह्रै भयो’

तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, को –को हुन् गोली लागेका ३ जना ?

काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार जारी छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले सिनामंगलस्थित केएमसी अ...

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाको कव्जामा

झापा । झाापाको  शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरका...

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाको कव्जामा

झापा । झाापाको  शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरका...

यस्तो छ, कृषा चौलागाईको पिताम्बरको ट्रेलर

काठमाडौं  । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रे...

तीनकुनेमा कति राउन्ड चल्यो गोली र अश्रुग्यास ?

काठमाडौं । तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ६० राउन्ड गोली चलेको पाइएको छ । जसमा हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले गोली हानेको थियो । ...

पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ । पोस्टमार...

२४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा ‘कर्मा’को गीत

काठमाडौं । लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ । सोमवार सुश...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।  विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ ...

महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध

मार्च महिनामा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy