Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, सबै घटनाको जवाफदेही नेपाल सरकार होः नवराज सुवेदी

मृतक सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग

खबरडबली संवाददाता

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । सुवेदीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । 

प्रहरीले सुरुमै बल प्रयोग गरेर कार्यक्रम गर्न नदिँदा यो स्थिति उत्पन्न भएको उनको दाबी छ ।  एक भिडिओ विज्ञप्ति जारी गर्दै उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सुवेदीको विज्ञप्तिका सार यस्तो छः

आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका थियौं । तर सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार र थिचोमिचो भयो । म गाडीबाट मञ्चमा जान ओर्लिँदा नै ३÷४ राउन्ड टियर ग्यास हानिएको थियो । मञ्चमा गएपछि दसौं राउन्ड टियर ग्यास प्रहार भयो । मैले बोल्न पाइनँ । मञ्चमा बस्न पनि सकिनँ । त्यस्तो वातावरण सिर्जना भएपछि जनमानसमा आक्रोश उत्पन्न भयो ।

घरको छतबाट टियर ग्यास हानियो । त्यो घरभरि पुलिसहरु लुकाएर राखेको रहेछ । मासले थाहा पाएपछि तोडफोड र आगजनी गरे । त्यसपछि प्रहरीले अन्धाधुन्द फायरिङ गर्दा किर्तिपुरका सविन महर्जन किर्तिपुरको मृत्यु भएको छ । । दर्जनौं मानिसहरु घाइते भएका छन् । उनीहरु विभिन्न अस्पतालमा छन् । यो दुखद हो । सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु ।

उहाँहरुको उपचारको व्यवस्था हुनुपर्यो । सबै सरकारले गरोस । सविन महर्जनलाई उचित क्षतिपूर्ति परिवारले पाउनुपर्ने हाम्रो माग छ । हाम्रो ज्यादति केही पनि छैन । सुरुदेखि नै हाम्रो मासलाई इरिटेड गराउने र बल प्रयोग गर्ने काम भएको छ ।

सरकार र प्रहरीबाट जुन बितण्डा गरियो, त्यसले नै आजको स्थिति सिर्जना भएको हो । म पश्चाताप गर्छु, नहुनुपर्ने भयो । यसको सम्पूर्ण जवाफदेही नेपाल सरकार हुनुपर्र्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

विराटनगर महानगरद्वारा पिपीआर/स्वाइन फिभरविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...

वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे आठ अर्ब बढीको खाद्यवस्तु आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending