काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (शनिबार) दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी र गण्डकीको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८१ - २१:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध...
चैत्र १८ गते, २०८१ - २१:११
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिल...
चैत्र १८ गते, २०८१ - २०:५६
काठमाडौं । नेपालमा उत्पादित अधिकांश चिया निर्यात हुने गरेको छ। आन्तरिक बजारमा त्यसको तुलनामा कम खपत हुने गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको ...
चैत्र १८ गते, २०८१ - २०:५१
इलाम। मेची राजमार्गको नेपालटारमा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज २६४५ नम्बरको गाडी ब्रेक फेल भएर...
चैत्र १८ गते, २०८१ - २०:४५
कालिकोट । तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान ...
चैत्र १८ गते, २०८१ - २०:३५
धनुषा । मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशको स्वास...
चैत्र १८ गते, २०८१ - २०:१५
काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी पक्राउ परेका छन् । तीनकुनेमा शुक्रबार भएको आन्दोलनका कमाण्डर प्रसाईं...
चैत्र १८ गते, २०८१ - २०:१४
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणम...
चैत्र १८ गते, २०८१ - १९:५७
काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका ह...
चैत्र १८ गते, २०८१ - १९:५४
हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामा...
प्रतिकृया लेख्नुहोस्: