काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६, लोखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइटेल काठमाडौँमै बस्छन् । उनी कोटेश्वर बस टिकट काउन्टरमा काम गर्थे ।
गत शुक्रबार भने तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका कारण बस काउन्टर बन्द भएका कारण। उनी फुर्सदिला भए। तीनकुनेमा राजावादीको ढुंगामुढा, आक्रमण र आगजनी हुन थालेपछि उनी पनि रमिता हेर्न पुगे।
त्यही बेला आक्रोसित भीड र प्रहरीबीच झडप सुरु भयो। प्रदर्शनकारीलाई तित्तरबित्तर बनाउन प्रहरीले रबर गोली चलायो । लुइटेल गोली लागेर घाइते भए। हाल ट्रमा सेन्टरमा उपचाररत घाइते लुइटेलको पेटमा गोली लागेको छ।
‘काठमाडौँमा उसको कोही छैन,’ उनीसँगै काम गर्ने लेखनाथ घिमिरेले भने, ‘हामीले पनि उनलाई गोली लागेको साँझ मात्र थाहा पायौँ। अप्रेशनपछि बिहान १० बजे मात्र उसको होस् आएको छ ।’
होस् आएपछि उनले साथीहरूलाई आफू आन्दोलनमा होइन, रमित हेर्न गएको भनेका छन्। साथी घिमिरेका अनुसार डिल्लीले परिवारको चिन्ता गरिरहन्थे । भाईबहिनीको पढाई खर्च पुर्याउन उनको ध्यान सधैँ केन्द्रीत हुन्थ्यो । काठमाडौं बसेका डिल्लीकै भरमा उनको गाउँमा परिवार चलेको छ।
कतार गएर केही वर्ष दुख गरेका डिल्ली देश फर्किएपछि बस काउन्टरमा काम गर्न थालेका हुन् । उनी यसअघि इटहरी बस काउन्टरमा काम गर्थे, एक वर्षअघि मात्रै काठमाडौँ आइपुगेका हुन्।
दाईलाई गोली लागेर घाइते भएको खबर पाएपछि रातिनै गाडी चढेका माईलो भाई केदार बिहान ९ बजेमात्र गाउँबाट काठमाडौं आइपुगेका छन् । ‘आमा क्यान्सरले बित्नुभयो, त्यसपछि घर हेर्ने हाम्रो अभिभावक दाजु नै हो’ उनले भने, ‘दाजुको कमाइमै हाम्रो घर, पढाइ खर्च र व्यवहार चल्दै आएको छ।’
डिल्लीको घरमा तीन भाई, एक बहिनी र बाबु छन् । अस्पतालमा उपचाररत उनको उपचार खर्च कसले गरिदिने हो भन्ने ठेगान छैन। ‘हामीसँग पैसा छैन। अहिले अस्पतालमै खातामा लेखेर उपचार भइरहेको छ’ भाइ केदारले भने।
उनका साथीहरूका अनुसार अस्पतालबाहिर किन्नुपर्ने औषधि साथीहरूले पैसा लगाइदिएर किनिदिएका छन्। शुक्रबार काठमाडौँमा भएको राजावादीको प्रर्दशनमा दुई जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित १ सय १० घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: