Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

एसइईमा चिटः गहुँबारीमा राउटर, हात हातमा मोबाइल

शीतल माविस्थित परीक्षा केन्द्रको प्रवेशद्वारमा परीक्षार्थीको खानतलासी गर्दै शिक्षक। तस्बिरः राजु लामिछाने/ गाेरखापत्रबाट
खबरडबली संवाददाता

रुकुमपश्चिम । सूचना प्रविधिको विकाससँगै अधिकांशको पहुँचमा पुगेको इन्टरनेट सेवा परीक्षामा चिट चोर्ने मुख्य माध्याम बनेको पाइएको छ। गत चैत ७ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा रुकुमपश्चिमका अधिकांश परीक्षा केन्द्रका परीक्षार्थीबाट चिट चोर्न प्रयोग भएको मोबाइल जफत गरिएपछि उक्त तथ्य खुलेको हो। 

परीक्षा केन्द्रको प्रवेशद्वार, कक्षा कोठामा केन्द्राध्यक्ष तथा गार्ड र जिल्लाबाट परिचालन भएको अनुगमन समितिले ठुलो मात्रामा विद्यार्थीबाट मोबाइल सेट जफत गरेको जनाएको छ। जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले अनुगमनका क्रममा मोबाइलको प्रयोग हुने गरेको, बजारमा चिट फोटोकपी गरेर समेत परीक्षा हलमा पठाउने गरेको पाइएको जानकारी दिए। 

अनुगमन टोलीले शीतल मावि चौरजहारीबाट ७० वटा र हिमालय मावि खोलागाउँबाट ३७ वटा मोबाइल एकैदिन जफत गरेको थियो। यसैगरी आठबिसकोटमा रहेको बालकल्याण माविबाट ३१, विरेन्द्र मावि बाँफिकोटबाट २१, सिद्धार्थ मावि मग्माबाट चार वटा र बालकल्याण मावि सोलाबाङबाट २० वटा मोबाइल जिल्लाबाट गएको अनुगमन टोलीले मात्रै जफत गरेको जनाएको छ। 

यसबाहेक केन्द्राध्यक्ष र परीक्षा गार्डको टोलीले प्रवेशद्वार, परीक्षा हलबाट विभिन्न मितिमा मोबाइल खोसेको बताइन्छ। शीतल माविका केन्द्राध्यक्ष यदु रानाले पहिलो दिन गेटमै ६० वटा र अर्को दिन ३० वटा मोबाइल निकालेको जानकारी दिनुभयो। जिल्लाबाट अनुगमन टोली आएपछिको दिनमा समेत १४ वटा मोबाइल जफत गरिएको उनले बताए । आठबिसकोटको बालकल्याण माविबाट केन्द्राध्यक्षको टोलीले विभिन्न दिनमा गरेर १५० वटा मोबाइल खोसेर परीक्षापछि फिर्ता गरेको बताइएको छ। 

हिमालय मावि खोलागाउँका केन्द्राध्यक्ष भीमबहादुर ओलीले अनुगमन समितिले जफत गरेका बाहेक ४३ वटा मोबाइल प्रवेशद्वारमै निकालेको बताए । ओलीका अनुसार विद्यार्थीले मोबाइलमा इन्टरनेटको पहुँच जोडेर चिट चोर्न प्रयोग गर्ने गरेको तर बेलैमा थाहा पाएर रोकिएको छ। विद्यालयको छेउमा रहेको गहुँबारीमा इन्टरनेटको राउटर लुकाएर राखेको अवस्थामा फेला पारेर आफूले निकालेको केन्द्राध्यक्ष ओलीले जनाउनुभयो। परीक्षामा प्रविधिको दुरुपयोग गर्न खोजेको उनको भनाइ छ। 

शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनले पछिल्लो पुस्ताले परीक्षामा समेत प्रविधिको गलत प्रयोग गरेको बताए। जिल्लामा रहेका १५ वटै परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमन गरिएको र परीक्षा केन्द्रबाट करिब पाँच सय मोबाइल अनुगमन टोली र केन्द्राध्यक्षले निकालेको उनले बताए । मोबाइलमा डेटाको प्रयोग, डेटाको पहुँच नभएको ठाउँमा वाइफाइका लागि राउटर समेत राख्ने गरेको पाइएको उहाँले बताउनुभयो। इन्टरनेटको प्रयोगमार्फत मोबाइलमा म्यासेन्जर र ह्वाटसएप लगायतबाट एपबाट चिट चोर्न कोसिस गरेको एकाइ प्रमुख पुनले जानकारी दिए।

विभिन्न परीक्षा केन्द्रबाट अनुगमन टोलीबाट जफत गरिएका मोबाइल मुचुल्कासहित जिल्ला ल्याइएको प्रहरी नायक उपरीक्षक प्रमेश विष्टले जनाउनुभयो। उहाँका अनुसार सबै परीक्षा सकिएपछि परीक्षार्थीलाई सचेत बनाउँदै कागज बनाएर फिर्ता गरिने छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending